दर्जनाैँ विद्यालयका संस्थापक घिमिरेको वृद्धाश्रममा बास


प्रकाशित मिति : फाल्गुन १९, २०७५ आईतबार

लमजुङ – ‘मलाई राज्यले हेरेन, लौन तपाईहरुले पहल गरिदिनु प¥यो,’ भेट्ने बित्तिकै वृद्ध टेकनारायण घिमिरेले गुनासो गरे । उत्तरी लमजुङमा शिक्षाको ज्योति फैलाउँदै हिँडेका ७६ वर्षीय टेकनारायण घिमिरे अहिले वृद्धाश्रममा बस्छन् ।

लमजुङको बाहुनडाँडा ८ लामपाटा स्थायी घर भएका घिमिरेले उत्तरी चितवनका ३ वटा विद्यालयमा अध्यापन पनि गरे । उनीलाई उत्तरी लमजुङको शिक्षाका संस्थापक भनेर चिनिन्थ्यो ।

तर घिमिरे वृद्ध अवस्थामा बेसाहार बन्नु परेको छ । पहिले कक्षा ८ उत्र्तिण गरेपछि स्कुलमा पढाउन पाउने चलन थियो । ‘त्यसबेल संस्कृतमा तिक्ष्ण थिएँ, सबैको हाइहाई थियो,’ घिमिरेले भने, ‘१० कक्षा पास गरेको थिएँ, संस्कृत पढाउने राम्रो मास्टर भन्दै तानातान हुन्थ्यो ।’

उनकै पहलमा दर्जन विद्यालयहरु खुलेका थिए । उनले अध्यापन गराएका विद्यालयमा चन्द्रोदय उच्च मावि बाहुनडाँडादेखि चितवनको शशिनगर निमाविसम्म छन् । ‘शिक्षण पेशामा २५ वर्षभन्दा बढी बिताएँ,’ घिमिरेले भने, ‘अहिले सम्पत्तिको नाममा तिनै विद्यालयले दिएको प्रमाणपत्र बाहेक अरु केही छैन ।’ यो समाचार सन्देश पौडेलले कारोबार दैनिकमा लेखेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com