दार्चुला जिप दुर्घटनामा मृतक ११ कै सनाखत


प्रकाशित मिति : फाल्गुन १८, २०७५ शनिबार

दार्चुलामा १२ जना सवार जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ महिला ३ पुरुष र एक बालिकागरी ११ जनाले ज्यान गुमाएका हुन् । दार्चुला जिल्ला सदरमुकामबाट दुहुँ गाउँपालिकाको लागि हिँडेको म १ ज २८० नम्बरको जीप दार्चुला तिंकर सडक अन्तरगत राताकाठा भीरमा दुर्घटनाग्रस्त भएको छ । मृत्यु हुनेमा नौ दार्चुला र दुई यात्रु बैतडीका छन् ।

सशस्त्र प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दका अनुसार मृत्यु हुनेमा दुहुँ गाउँपालिका–१ का ५३ वर्षीया मानमती भट्ट, ४५ वर्षीया गौमती बम, ७१ वर्षीया धानाम बम, २४ वर्षीय धनबहादुर बम,वडा नं २ का ४१ वर्षीय कल्यानसिंह बडाल र उनका १७ वर्षीया छोरी निर्मला (निरु) बडाल, सोही ठाउँका ३५ वर्षीया परुली धामी रहेका छन् ।

यस्तै दुहुँ गाउँपालिका–४ का ५५ वर्षीया अमरा बम, सात वर्षीया आयुषा बम तथा बुहारी माइती घर पु¥याउन आएका बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–६ का ६० वर्षीय प्रताप भनिने धनबहादुर चन्द र २१ वर्षीया स्नेहा बम चन्द रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिनुभयो ।

जिप राताकाठा सडकबाट ३ सय मिटर तल महाकाली नदी किनारमा खसेको छ । दुर्घटनामा गम्भीर घाइते जीप चालक दिपक सिह धामीको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारकालागि भारतको पिथौरागढ रिफर गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले मिलेर राताकाठाबाट शुक्रबार राती शव निकालेका थिए । अहिले मृतक सबैको शव जिल्ला अस्पताल दार्चुलामा राखीएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com