अमेरिकामा हराउँदै नेपालीपन


प्रकाशित मिति : श्रावण २४, २०७३ सोमबार

– न्हुच्छेनारायण डंगोल

अमेरिकामा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरुको दैनिकी जटिल बन्दै गएको छ । यो अरुका कारणले नभई आफ्नै कारणले गर्दा हो । यहाँ बस्ने नेपालीहरुमा नेपालीपन हराउँदै गयो, धेरैजसो व्यक्तिगत स्वार्थमा लागे । आफ्नो स्वार्थ पूरा गर्न जे पनि गर्ने प्रवृत्ति हावी भयो । यो प्रवृत्तिले धेरै जसो नेपालीहरुले अपेक्षित प्रगति गर्न सकेनन् अनावश्यक दुःख कष्ट र तनावपूर्ण जीवन बिताउनु वाध्य भएका छन् । नेपालीहरुको अवस्था दयनीय बन्दै गएको देख्दा मलाई निकै दुःख लागेको छ ।

म अमेरिकाको न्युयोर्कमा बस्न थालेको १९ वर्ष भएछ । त्यतिवेला औँलामा गन्न सकिने नेपाली दाजुभाइ दिदीबहिनी यहाँ थिए । दुई—चारवटा मात्र संघसंस्था थिए । नेपालीहरुबीच आत्मीयता थियो, सौहार्दता, सहयोग र सद्भावमा हार्दिकता थियो । तर दुःखको कुरा आज यहाँ हजारौँ नेपालीहरुकाबीच हार्दिकता छैन । हजारौँको संख्यामा नेपाली यहाँ छन् । सबै आआफ्नो स्वार्थमा तल्लीन छन् । कसैलाई कसैको मतलब नै छैन ।

त्यतिवेला  दुई—चारवटा मात्र संघसंस्था थिए । नेपालीहरुबीच आत्मीयता थियो, सौहार्दता, सहयोग र सद्भावमा हार्दिकता थियो । तर दुःखको कुरा आज यहाँ हजारौँ नेपालीहरुकाबीच हार्दिकता छैन ।

यसको अर्थ यहाँ आएका सबै नेपालीले सही बाटो समाउन सकेनन् भन्ने होइन । केहीले प्रगति पनि गरेका छन् । केही संस्थाले नेपालको कला, संस्कृति,भाषा,भेषभूषाको प्रबद्र्धनमा महत्वपूर्ण काम गरेका छन् । केही संस्थाले नेपालमा आपतविपत पर्दा सहयोग गर्ने पनि गरेका छन् ।

अहिले यहाँ जात, धर्म लिंग,वर्ग र राजनीतिक पार्टीका भ्रातृ संगठनहरु सयाँैको संख्यामा खोलिएको छ । एकले अर्कालाई उचाल्ने पछार्ने, अनावश्यक रुपमा वादविवाद र झैझगडा गर्ने, असहयोग गर्ने काम नेपालीहरुबीच भइरहेको छ । यो देख्दा भारत र बंगलादेशका साथीहरुले बेलाबखत नेपालीहरुलाई व्यंग्य गर्ने गर्छन् । यहाँ भारत र बंगलादेशका थुप्रै जात धर्मका मानिस बस्छन् उनीहरुले भारतीय, बंगालादेशी भने पुग्छ, कुनै भेदभाव छैन, सहयोग गर्छन् । उनीहरुले सुपरमार्केट, होटल खोलेर ठूलो प्रगति गरेका छन् । तर नेपालीले उनीहरुको अनुपातमा प्रगति गर्न सकेनन् यसमा नेपालीहरुकै कमीकमजोर रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसको अर्थ यहाँ आएका सबै नेपालीले सही बाटो समाउन सकेनन् भन्ने होइन । केहीले प्रगति पनि गरेका छन् । केही संस्थाले नेपालको कला, संस्कृति,भाषा,भेषभूषाको प्रबद्र्धनमा महत्वपूर्ण काम गरेका छन् । केही संस्थाले नेपालमा आपतविपत पर्दा सहयोग गर्ने पनि गरेका छन् ।

सपनाको संसार अमेरिका नेपालीहरुले राजनीति गर्ने थलो होइन । अमेरिकमा बस्ने कागज बनाइसकेपछि यहाँ नेपालको राजनीति गर्न पाइँदैन । तर यहाँ नेपालका राजनीतिक दलहरुका जनवर्गीय संगठनहरुका शाखा खोल्ने र राजनीति गर्ने, नेपालबाट यहाँ आउने नेता,मन्त्रीको झोला बोक्ने, झण्डा बोक्ने र राजनीति गर्नेहरुको ठूलो जमात नै बसिसकेको छ । यो कुरा अमेरिकी सरकारलाई पाच्य हुँदैन । कुनै पनि बेला यहाँको स्थानीय प्रशासनले नेपालीहरुमाथि कारबाही गर्न सक्छ ।

राजनीति गर्ने हो भने नेपाल गए हुन्छ । यहाँ त कमाउन आएपछि कमाउने काम पो गर्नुपर्छ तर यहाँ आएर पनि राजनीति गर्ने राजनीतिका नाममा अनैतिक काम गर्ने नेपालीहरुको बानी परिसेकेको छ । यसले नेपालीहरुलाई नै घात गरेको छ । त्यहाँ त नेपालीहरु मिलेर काम गर्ने , सहयोग आदानप्रदान गर्ने र आर्थिक अवस्था सुधार गर्ने हुुनुपर्नेमा आपसमै मिल्न नसकेको कारण धेरै नेपालीको अवस्था कमजोर भएको छ । भारत र बंगलादेशका मानिसहरुले यहाँ मिलेर काम गरी निकै ठूलो आर्थिक उन्नति गरिरहेका छन् । उनीहरु एकदमै मिलेर बसेका छन् । संकटका बेला सहयोग गर्छन् । छोटो अवधिमा धेरै राम्रो काम गरी सबैको अवस्थामा सुधार ल्याएका छन् । उनीहरु अनावश्यक राजनीतिक गफगाफ गर्दैनन् , जातीय, धार्मिक र लैंगिक विवादमा समय खेर फाल्दैनन् तर नेपालीहरु भने अनावश्यक रुपमा यही विवादमा रुमलिएका छन् । काम भन्दा गफ बढी गर्ने, आपसमा खुट्टा तानातान गर्ने प्रवृत्तिले नेपालीहरु हरेक मामिलामा पछि परेका छन् ।

अमेरिकी अनुशासन र नियम कानुनको पालना गर्दै आपसी सहयोग र सद्भाव बढाउने काम गरौँ । आपसमा मिलेर बसौँ । एक अर्कोको खुट्टा तान्ने काम नगरौँ । नेपाल र नेपालीको इज्जत जोगाउने काम गरौँ ।

अमेरिका आउन सजिलो छैन । कतिपय दाजुभाइ दिदीबहिनीले ५०—६० लाख खर्च गरी विभिन्न दुःखकष्ट भोगेर पाँच छ महिना लगाएर यहाँ आएका छन् । कतिपय दिदीबहिनीहरु बाटोमा यौन दुव्र्यवहारको शिकार भएका छन् बलात्कृत भएर पेट बोकरसमेत यहाँ आएका छन् । यस्तो दुःख कष्ट गरेर अमेरिका प्रवेश गरेका उनीहरुलाई सहयोग गर्नेहरुको कमी छ । उनीहरु स्वयं पनि यहाँ आएपछि गलत संगतमा फसिने समेत गरेका छन् ।

केही नेपालीहरुले गरेका गलत कामले गर्दा यहाँ नेपाली हौँ भनेर गर्व गरेर बस्ने अवस्था कमजोर बन्दै गएको छ । धेरै नेपालीहरु आफ्नै कारणले बदनाम हुँदै गएका छन् । नेपालीहरु असल र राम्रा हुन् भन्ने विगतको परम्परा क्रमशः मेटिदै गएको छ । अपसमै मिलेर बस्न नसक्ने नेपालीहरुले कसरी राम्रो काम गर्न सक्छन ? यहाँ गम्भीर प्रश्नचिन्ह खडा भएको छ । नेपालको अस्थिर र विग्रेको राजनीतिको प्रभाव खुला रुपले यहाँ परेको छ । नेपालीहरु यहाँ आएर पनि आफूूलाई सुधार्न सकेनन् जसले गर्दा नेपालीहरुका लागि थप दुःखका दिनहरु आउँदै छन् । त्यसैले मेरो नेपाली साथीहरु,दाजुभाइ दिदीबहिनीहरुलाई के आग्रह छ भने अमेरिकी अनुशासन र नियम कानुनको पालना गर्दै आपसी सहयोग र सद्भाव बढाउने काम गरौँ । आपसमा मिलेर बसौँ । एक अर्कोको खुट्टा तान्ने काम नगरौँ । नेपाल र नेपालीको इज्जत जोगाउने काम गरौँ । यसैमा हाम्रो कल्याण हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com