गर्भवती महिलालाई अण्डा र झण्डा


प्रकाशित मिति : फाल्गुन १८, २०७५ शनिबार

गर्भवती भएको थाहा पाएलतत्तै दुई महिला स्वास्थ्य सेविकाले सिन्धुपाल्चाेक  भोटेकोसी गाउँपालिका लिस्तीकोट छ्यासिङकी सुकु विको घरमा हरियो झण्डा बाँधेर गए । गर्भवती भएदेखि बारम्बार महिला स्वास्थ्यकर्मीले खानपान र स्वास्थ्यमा घचघच्याइरहे ।

महिना दिनअघि मात्रै भोटेकोसी २ स्थित तातोपानी स्वास्थ्य चौकीमा उनले शिशु जन्माइन् । ‘सुत्केरीपछि स्वास्थ्य परामर्श दिएर अण्डा दिएर अनि झण्डा फिर्ता लगे । घरमै दिइएके सुझावले मलाई स्वास्थ्य केन्द्रमा सुत्केरी हुन प्रेरणा दियो ।’ विकले भनिन् । सुत्केरी भएपछि एक क्रेट अण्डा लिएपछि आफै स्वास्थ्य चौकी जान थालेको उनको कथन छ ।

भोटेकोसी गापा गुम्बाको ३० वर्षीय माइली लामालाई स्वास्थ्य चौकीमा जानै मन लाग्दैनथ्यो । जनप्रतितिनिधिसहित स्वास्थ्य सेविकाले झण्डा गाडेर समयसमयमा सुझाव दिएपछि उनको सोचाइ बदलिएको छ । ‘म पनि केही दिनअघि मात्रै स्वास्थ्य चौकीमा सुरक्षित अवस्थामा सुत्केरी भए,’ उनले भनिन् । यो समाचार अनिश तिवारीले कान्तिपुरमा लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com