पोर्चुगलमा ५ कम्पनी इमिग्रेशनको छापामा, १० हजार युरो दखी ५० हजार युरोसम्म जरिवाना हुने


प्रकाशित मिति : फाल्गुन १७, २०७५ शुक्रबार

द इमिग्रेशन एण्ड बोर्डर सर्भिस (सेफ)ले यस हप्ता राजधानि लिस्बोन तथा Aveiro, Castelo Branco, Leiria र Viseu जिल्लामा छापा मारेको छ ।

सो क्रममा ५९ जना आप्रवाशीहरुको कागजात चेक गरिएको थियो । गैर कानुनी रुपमा पोर्चुगलमा बस्ने तथा गैरकानुनी रुपमा काममा लगाउने कम्पनीहरुको पहिचान गर्न गरिएको उक्त अपरेशनमा ५ वटा रोजगारदाता औद्योगिक कम्पनीहरुलाइ सेफले कालोसुचिमा राखेको जनाएको छ ।

ति कम्पनीहरुबाट १६ जना आप्रवाशीहरु लाई गैरकानुनी रुपमा काम लगाएको पाइएको थियो । उनिहरुलाइ सेफले २० दिन भित्र देश छाड्न आदेश दिएको जनाइएको छ ।

कम्पनीहरु नेपालीहरुका भए नभएको बारे बुझ्न बाँकी छ । साथै ति कम्पनीहरुको नाम भने सेफले खुलाएको छैन ।

कालोसुचिमा राखिएका विभिन्न ५ कम्पनीहरुलाइ १० हजार युरो दखी ५० हजार युरोसम्म जरिवाना हुन सक्ने द इमिग्रेशन एण्ड बोर्डर सर्भिस (सेफ)ले जनाएको छ । यसबारे थप समाचारको लागि यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com