अमेरिकी सरकारले थप्यो ४ देशको टीपीएस, बढ्यो नेपालको थपिने आशा


प्रकाशित मिति : फाल्गुन १७, २०७५ शुक्रबार

अमेरिकी सरकारले सुडान, एल साल्भाडोर, हैटी र निकारागुवाको टीपीएस अवधि सन् २०२० को जनवरी २ सम्मका लागि थपेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले विहिबार एक सुचना प्रकाशित गर्दै चारदेशको टीपीएस अवधि आगामी जनवरी २ सम्मका लागि थपेको हो ।

शुक्रबार उक्त सुचना औपचारिक रुपमा फेडरल रजिस्टरमा नै प्रकाशित गरिनेछ । गत अक्टोबरमा क्यालिफोर्नियाको अदालतले यी चार देशको टीपीएस अन्त्य नगर्नका लागि अस्थायी आदेश जारी गरेको थियो । अमेरिकी सरकारको टीपीएस थप्ने निर्णय उक्त अदालती आदेशको कार्यान्वयन हो ।

यी चारदेशका टीपीएस वाहकको वर्क परमिट सन् २०२० को जनवरी २ सम्मका लागि स्वत नविकरण गरिने भएको छ । अदालतले जारी गरेको अस्थायी आदेश कायम रहुन्जेल यी चारदेशको टीपीएस अवधि पनि कायम रहनेछ ।

यी चारदेशको टीपीएस कायम रहँदा नेपाल र होण्डुरसको पनि आशा बढेको छ । नेपाल र होण्डुरसका टीपीएसवाहकको तर्फबाट केही दिन पहिले क्यालिफोर्नियाको अदालतमा टीपीएस अन्त्य हुन नदिन माग गर्दै ट्रम्प प्रशासनकाबिरुद्ध मुद्दा दायर गरिएको थियो । यो मुद्दामा पनि अन्य ४ देशको जस्तै टीपीएस कायम राख्नका लागि आदेश जारी हुने अपेक्षा गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com