मल्टिप्लेक्समा ‘क्याप्टेन’ र ‘दि ब्रेकअप’को शो बाँडियो
प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार

यही १७ गते शुक्रबार देखि प्रर्दशन हुने दुई नेपाली फिल्म ‘क्याप्टेन’ र ‘दि ब्रेकअप’ को मल्टिप्लेक्समा टिकट बुकिङ खुल्ला गरिएको छ । अन्य हिन्दी फिल्म बीच शो बाडफाँड हुँदा नयाँ रिलिज हुने नेपाली फिल्ममा उच्च शो संख्या पाउन सकेनन् ।
क्युएफएक्स सिनेमामा ‘क्याप्टेन’ले १६ शो पाएको छ । त्यसैगरी ‘दि ब्रेकअप’ले १० शो पाएको छ भने बलिउड फिल्म लुक्का छिप्पीले ५ शो पाएको छ । अनमोल केसी अभिनित फिल्म क्याप्टेनको हाइप निकै उच्च रहेको छ ।
फिल्मको ट्रेलर र सार्वजनिक दुवै गीतलाई दर्शकले निकै रुचाएका छन् । यति धेरै फिल्मको प्रसंशा हुदाँ पनि शो भने तुलनात्मक रुपमा निकै कम पाएको छ ।
यस्तै कमलपोखरीको बिग मुभिजमा ‘क्याप्टेन’ र ‘दि ब्रेकअप’ ले क्रमशः पाँच र तीन शो पाएका छन् । दरबारमार्गको क्युज हलमा ‘क्याप्टेन’को चार र ‘दि ब्रेकअप’को दुई शो छ ।