अचेत भएपछि ऊर्जामन्त्री वर्षमान पुन अस्पताल भर्ना


प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् । अचेत भएपछि मन्त्री पुनलाई साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । नर्भिक अस्पतालका प्रेस संयोजक आरपी मैनालीका अनुसार मन्त्री पुनलाई अस्पतालको सीसीयुमा भर्ना गरिएको छ ।

नर्भिकमा अहिले मन्त्री पुनको स्वास्थ्य जाँच र उपचारमा डा. यादव भट्टसहितका चिकित्सक जुटेका छन् । मन्त्री पुनको परीक्षण सुरु भएको र थप विवरण आउन बाँकी रहेको उनले बताए ।

मन्त्री पुनको स्वस्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि अस्पताल पुगेका छन् ।

यस्तै सभामुख कृष्णबहादुर महरा, वनमन्त्री शक्ति बस्नेत, कानूनीमन्त्री भानुभक्त ढकाल, पूर्वगृहमन्त्री जनार्दन शर्मालगायत नेताहरूले पनि केहीबेर अघि अस्पताल पुगेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com