सुकेटार बिमानस्थल हिउले ढाकिएका कारण शव ल्याउन समस्या (यस्तो छ सुकेटार विमानस्थल)


प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार

अत्यन्तै कठिन भौगोगिक अबस्था र खराब मौसमका बाबजुद ताप्लेजुङमा ज्यान गुमाएका मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव सुरक्षाकर्मीले सुकेटार विमानस्थलमा ल्याएका छन् ।

बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव सेनाको हेलिकप्टरबाट सुकेटार विमानस्थल ल्याइएको हो । शवलाई काठमाडौं ल्याउने तयारी भए पनि सुकेटार बिमानस्थल पुरै हिउ र कुहिरोले ढाकिएका कारण समस्या भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित विमानमा सवार सातजनाको निधन भएको थियो। सातमध्ये चार जनाको शव बुधबार नै सुकेटार विमानस्थल ल्याइएको थियो। नचिनिने अवस्थामा रहेका शव सेनाको हेलिकप्टरबाट सुकेटार विमानस्थल ल्याइएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com