ट्रम्पबाट घोषित यात्रा प्रतिबन्धका कारण ३७ हजार भिसा अस्वीकृत


प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट घोषित यात्रा प्रतिबन्धका कारण अमेरिकी विदेशमन्त्रालयले ३७ हजार भिसा अस्वीकृत गरेको रोयटर्सले जनाएको छ । मंगलबार सार्वजनिक तथ्यांक अनुशार यो संख्या अघिल्लो बर्षको तुलनामा १ हजारले कम रहेको छ । सन् २०१७ मा यात्रा प्रतिबन्ध पूर्णरुपमा कार्यान्वयन भएको थिएन ।

अमेरिकाले हरेक बर्ष झण्डै ४० लाख भिसा आवेदनहरु विभिन्न कारणले अस्वीकार गर्दै आएको छ । तर ट्रम्प प्रशासनले इरान, लिबिया, सोमालिया, सिरिया र यमन लगायतका देशमा लगाएको भिसा प्रतिबन्धका कारण यात्रा प्रतिबन्ध अगाडिको तुलनामा ८० प्रतिशतले भिसा अस्वीकृति दर बढेको छ ।

ट्रम्प प्रशासनले सन् २०१७ को जनवरीमा सुरुमा यस्तो भिसा प्रतिबन्धको घोषणा गरेको थियो । तर अदालतमा कानुनी चुनौतीको सामना गर्नुपरेपछि सन् २०१७ को डिसेम्बरबाट प्रतिबन्धको नयाँ संस्करण लागु गरिएको थियो । सन् २०१८ को जुनमा सर्बोच्च अदालतले यात्रा प्रतिबन्धलाई सदर गरेको थियो ।

परिणामस्वरुप इरान, लिबिया, सोमालिया, सिरिया र यमनका नागरिकहरु अमेरिकाको भिसा पाउनमा वञ्चित भएका थिए । यात्रा प्रतिबन्ध लगाउने आदेशका कारण आप्रवासी भिसाका १५ हजार ३८४ आवेदन अस्वीकृत भएका थिए । उनीहरु अमेरिकामा स्थायी रुपमा बसोबास गर्न चाहन्थे ।

यो बाहेक २१ हजार ६४५ गैर आप्रवासी भिसाका आवेदनहरु अस्वीकृत भएका थिए । यात्रा प्रतिबन्धका कारण पर्यटन लगायतका भिसाहरु अस्वीकृत भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com