युएससीआईएसले क्यासियर चेक र मनी अर्डर नलिने, १८ अफिसमा लागु, अन्य सबैमा यो बर्षभित्र


प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार

युएससीआईएसका १८ वटा फिल्ड अफिसले अबदेखि क्यासियर चेक र मनी अर्डर नलिने भएका छन् । आवेदकहरुले न्युयोर्क, न्युजर्सी र क्यालिफोर्नियाका कैयन फिल्ड अफिसमा अब आवेदन शुल्क क्यासियर चेक र मनी अर्डर मार्फत बुझाउन पाउने छैनन् ।

गत नोभेम्बरमा लस एन्जलसका २ वटा फिल्ड अफिसबाट युएससीआईएसले परीक्षण सुरु गरेकोमा सोमबारदेखि अरु १६ फिल्ड अफिसहरुका लागि यो प्रावधान विस्तार गरिएको हो । लस एन्जलस फिल्ड अफिस र लस एन्जलस काउन्टी फिल्ड अफिसबाट यो परीक्षण सुरु गरिएको थियो ।

नयाँ विद्युतीय प्रणालीबाट रकम स्वीकार्न सुरु गरिएकाले मनी अर्डर वा क्यासियर चेक अस्वीकार गर्न थालिएको हो । तर आवेदकले पर्सनल चेक, एटोर्नी चेक, बिजनेश चेक, डेबिट कार्ड, क्रेडिट कार्ड , रिलोडेवल प्रिपेड कार्डमार्फत भने आवेदन शुल्क बुझाउन सक्नेछन् ।

न्युयोर्कको बफेलो, ओहायोको सिनसिनाटी, क्लेभल्याण्ड, कोलम्बस, टेक्सासको एल पासो, हार्लिंगजेन, सान एन्टोनियो कनेक्टिकटको हार्डफोर्ड, इन्डियानाको इन्डिन्यापोलिस, फ्लोरिडाको ज्याक्सनभिल, केन्टकीको लुईभिल, न्युजर्सीको माउन्ट लरेल, नेवार्क, नर्थ क्यारोलिनाको रालेह, क्यालिफोर्नियाको सेक्रोमेन्टो र न्यु मेक्सिकोको आल्बुकोरेक फिल्ड अफिसले क्यासियर चेक र मनी अर्डर नलिने भएका हुन् ।

नयाँ प्रणालीबाट रकम लिंदा आवेदनको प्रकृया अवधि घटेको र प्रतिक्षा अवधि घटेको युएससीआईएसले जनाएको छ । फरबरी २५ पछि क्यासियर चेक र मनी अर्डर पठाएमा आवेदकलाई नै फिर्ता पठाइने युएससीआईएसले जनाएको छ । सन् २०१९ अन्त्यसम्म युएससीआईएसका सबै फिल्ड अफिसहरुमा यो पेमेन्ट प्रणाली विकाश गरिने युएससीआईएसले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com