पोर्चुगलमा झण्डै १० हजार नेपालीलाई पिआर


प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार

पोर्चुगलमा अहिलेसम्म झण्डै १० हजार नेपालीहरुलाई त्यहाँको सरकारले स्थायी बासिन्दाका रुपमा मान्यता प्रदान गरेको छ ।

द इमिग्रेशन एण्ड बोर्डर सर्भिस सेफका अनुशार अहिलेसम्म पोर्चुगलमा १० हजार नेपालीहरुलाई आवासीय हैसियत प्रदान गरिएको छ ।

सन् २००१ सम्म पोर्चुगलमा झण्डै १ सय नेपालीहरुमात्र रहेका थिए । तर सन् २०१२ सम्म आइपुग्दा यो संख्या ५ हजार नाघेको थियो ।

सेफको पछिल्लो रिपोर्ट अनुशार पोर्चुगलमा नै आवासीय सुविधासहित बसिरहेका नेपालीहरुको संख्या ७ हजार ४ सय ३७ रहेको छ भने पोर्चुगलमा पिआर लिएर अन्यदेशमा बस्नेहरुको संख्या १७४६ रहेको छ ।

यसरी पोर्चुगलमा पिआरसहित बसोबास गरिरहेकाहरुको संख्या झण्डै १० हजार रहेको छ ।

तीमध्ये कैयनले त्यहाँको नागरिकता समेत लिइसकेका छन् । कैयन नेपालीहरुभने पिआरको प्रतिक्षा गरेरसमेत बसिरहेका छन् ।यस बारे थपसमाचारको लागि यहाँ क्लिक गर्नुहोला

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com