खेलौना बन्दुक देखाएर विमान अपहरण !


प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार

बंगलादेशको बिमान अपहरणको प्रयास गर्ने व्यक्तिसँग खेलौना बन्दुक मात्रै भएको खुलासा भएको छ । २५ वर्षीय व्यक्तिलाई प्रहरीले गोली प्रहार गर्दा निजको मृत्यु भइसकेको छ । बीरमान एयरलाइन्सको उडान नम्बर बीजी १४७ मा १४८ जना यात्रु रहेका थिए । सो बिमानलाई चटगाउँमा सफलतापूर्वक अवतरण गरिएको थियो ।

अधिकारीहरुले सो व्यक्ति मानसिक रुपले असन्तुलित भएको बताएका छन्। गएको आइतबार सो व्यक्तिले एक जना क्रू सदस्यलाई बन्धक बनाएर बिमान अपहरणको प्रयास गरेका थिए । उनको नाम मोहम्मद पलास अहमद रहेको बताइएको छ । ढाकाबाट दुबईका लागि उडेको बिमान सो व्यक्तिका गतिविधिका कारण आकस्मिक रुपमा अवतरण गराउनु परेको बीबीसीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com