कृशल र सेड्रिनाको ‘ओढेर घूँघट’युट्युब ट्रेण्डिङमा


प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार

कृशल कडेल र किशोरी नायिका सेड्रिना शर्माले अनस्क्रिन शेयर गरेको गीत र म्युजिक भिडियो दर्शकहरुले अत्याधिक मन पराएका छन् ।

‘ओढेर घूँघट’ बोलको यो गीत उदयीमान गायज कृशलको डेब्यु गीत हो र यो समाचार तयार पार्दासम्म गीत युट्युबमा ९ लाख बढी पटक हेरिएको छ र ट्रेण्डिङ पनि उकालो लाग्दै ८ मा आइपुगेको छ। यस अघि यो जोडी संगै अन्तरवार्ता दिएर युट्युबमा भाइरल भइ ट्रेण्डिङ्ग परेको थियो।

बहुसंख्यक फ्यानहरुले उनीहरुलाई संगै स्क्रिनमा हेर्ने चाह पनि राखेका थिए। सेड्रिनाले यस अघि ‘नाईँ नभन्नु ल ५’मा अभिनय गरेर चर्चामा आएकी थिइन् । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको यस गीतमा गीतकार गजलकार नृपेश उप्रेतीको शब्द रहेको छ।

यसमा गोपाल रसाईलीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोलाई भद्रगोलका निर्देशक दिपक आर्चायले निर्देशन गरेका हुन् भने कोरियोग्राफी तेन्जु योञ्जनले। यसैगरी म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने चन्दन दत्तले सम्पादन गरेका हुन्

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com