विश्वकप एशिया क्षेत्रीय छनोट : चीनमाथि नेपालको ५ रनको जीत


प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार

आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोट प्रतियोगितामा नेपालले चौथो जित निकाल्दा चीनलाई ५ रनको झिनो अन्तरले हराएको छ । चीनमाथि सदैव भारी अन्तरको विजय हात पार्दै आएको नेपालले यसपटकको जितमा भने ५ रनको मात्र सहारा लिन पुग्यो ।

नेपालले दिएको ७८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७२ रन मात्रै बनाउन सक्यो ।चीनका लागि जहाङ मीइले ३३ रन बनाइन् । काइयुन जहोउले १८ रन बनाइन् । बलिङतर्फ नेपालकी सीता रानामगरले तीन विकेट लीइन् ।

त्यस्तै, कविता कुँवरले एक विकेट लीइन् । यसाघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन मात्र बनायो । नेपालको सुरुवात राम्रो थियो । काजल श्रेष्ठ र सीता राना मगरले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरिन् । सीता व्यक्तिगत ११ रनमा आउट भैइन् । थप दुई रन जोड्दा काजल पनि १८ रनमा आउट भैइन् । त्यसपछि नेपालले लगातार विकेट गुमायो ।

पाँच खेलमध्ये चार खेलमा जीत, एक खेलमा हार ब्यहोरेको नेपालको ८ अंक छ । तर थाइल्यान्ड पाँच खेलमा शतप्रतिशत जीतसहित १० अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाँचमध्ये चार खेलमा जीत र एक खेलमा हार ब्यहोर्दै ८ अंक नै बनाएको  युएइ नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । नेपाल तेस्रो स्थानमा छ ।

एशिया क्षेत्र छनोटबाट ग्लोबल छनोटमा जम्मा एक टीममात्र पुग्नेछ । नेपालले अन्तिम खेलमा कुवेतलाई भारी अन्तरले पराजित गरे पनि ग्लोबल छनोटमा पुग्ने सम्भावना न्युन छ । किनभने नेपाल शीर्ष स्थानमा पुग्न आफ्नो खेल जितेर मात्र नभैइ थाइल्यान्ड र युएइको नतिजा पनि आफू अनुकुल आवश्यक पर्छ ।

थाइल्याण्डले हारेर युएइले आफ्नो खेल जिते पनि नेपालको सम्भावना रहँदैन । यी तीन टीममा अंक र नेट रनरेटका आधारमा थाइल्यान्ड सबैभन्दा सहज अवस्थामा छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com