नेल सेलुनबारेको सरकारी नियमबाट न्युयोर्कका नेपाली व्यवसायी मारमा, टाइम्स स्क्वायरमा प्रदर्शन


प्रकाशित मिति : श्रावण २४, २०७३ सोमबार

-मिलनकुमार शाही

नेल सेलुन सम्बन्धी गभर्नर कुमोले ल्याएको भेन्टिलेसन सम्बन्धी नियमको विरोधमा न्युयोर्कमा प्रदर्शन गरिएको छ । प्रदर्शनमा नेपाली नेल सेलुन व्यवसायीहरुको उपस्थीति पनि उल्लेख्य रहेको थियो ।

पालना गर्नै नसकिने नियमको बिरोध गर्दै नेल सेलुन ब्यवसायीहरु एकजुट भै टाइम्स स्क्वायर नेर न्युयोर्क टाइम्स भवन अगाडि विरोध प्रदर्शन गर्दा हजारौ बटुवाहरुले समेत साथ दिदै गभर्नर बिरुद्ध नाराबाजी गरेका थिए ।

13936746_10209070561093609_362676622_n

गभर्नर कुमोले नियम कानुन सच्याउनु पर्ने र एनजीओहरुको उक्साहटमा न्युयोर्क टाइम्सले साना ब्यवसायीप्रति घृणाको दृष्‍टि नराखी समान व्यवहार गर्दै यस्ता ब्यवसायहरुलाई प्रोत्साहन गरेर नोकरीको बृद्धि गनुपर्ने माग राखी हजारौ ब्यवसायीहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीहरुले गभर्नर कुमो राजिनामा माग्नुका साथै नचाहिँदो र नसकिने नियम कानुन लगाई साना ब्यवसायलाई धरासायी बनाउन खोजेको तथा तेस्रो मुलुकबाट आएर परिवार पाल्नका लागि दुख जिलो गरेर काम गरी, मिहिनेत गरी खानेलाई गुजारा चलाउन ब्यवस्था गर्नुभन्दा हतोत्सायी बनाएको भन्दै नाराबाजी गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारी नियमका कारण कागज पत्र नभएकाहरुलाई नेल सेलुनमा काम पाउन गाह्रो भएको छ भने अनिवार्य लाइसेन्सको ब्यवस्थाका कारण लेखपढ गर्न नजान्नेहरुले यो कामबाट हात धुनु परेको छ । र जसका कारण उनीहरु अलपत्र परेका छन् ।

13942397_10209070638335540_1066106214_n

कतिपय नेपाली महिलाहरुले पनि नेल सेलुनमा काम गरेर राम्रै आम्दानी गरेका छन् भने धेरै भाषा नजान्नेहरुलाई पनि यो ब्यवसायले रोजगारी दिएको छ । तर अहिले यस्ता नियमले भने अधिकांस नेपाली महिलाहरु अलपत्र पर्ने अवस्था देखिएको छ ।

टक्सिड तथा हानिकारक केमिकल उत्पादन गर्ने कम्पनीलाई कुनै कारवाही गर्न नसक्ने कुमोले नेल ब्यवसायीलाई यसको प्रयोगमा रोक लगाएर दैनिक रुपमा चेकिङ् गरी अनावश्यक जरिवाना लगाएर हतोत्सायी बनाएको देखिन्छ । यस्तो गम्भिर कुरामा ब्यवसायीलाई भन्दा उत्पादक कम्पनीहरुलाई मापदण्ड तोकिदिएमा यस्ता समस्याहरु स्वत समाधान भएर जानेछन् ।

गभर्नर कुमोको यो निर्णयले गत बर्ष ४ सय नेल ब्यवसायीहरु आफ्नो व्यवसाय बन्द गर्न बाध्य भएका थिए भने झन्डै १ हजार कामदारहरुले नोकरी गुमाएका थिए । यस्तो एकतर्फी हचुवाको भरमा नियम लगाउँदा अझ धेरै नेल सेलुनहरु बन्द हुने अवस्था देखिन्छ ।

13937056_10209070562453643_344051575_n

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com