ग्रिनबुकले जित्यो उत्कृष्ट चलचित्रको ओस्कार अवार्ड


प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार

चलचित्र ग्रिनबुकले उत्कृष्ट चलचित्रको ओस्कार अवार्ड जितेको छ । गोल्डेन ग्लोब लगायतका अवार्ड जितिसकेको उक्त चलचित्रले ओस्कार अवार्डको शीर्ष स्थान चुम्न सफल भएको हो ।

चलचित्रका निर्माता जिम बुर्कले आफूहरुले उक्त चलचित्र माया र सम्मानका साथ निर्माण गरेको बताएका छन् । ग्रिनबुकले उत्कृष्ट ओरिजिनल स्क्रीनप्लेतर्फपनि ओस्कार अवार्ड जित्न सफल भएको छ ।

यसैबीच चलचित्र रोमाका लागि उत्कृष्ट निर्देशकको अवार्ड अल्फोन्सो क्युआरोनले जितेका छन् । उक्त चलचित्र श्वामश्वेत रुपमा छायांकन गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com