भारतीय महिलाको महिनावारीबारे बनाइएको चलचित्रले जित्यो ओस्कार


प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार

भारतीय महिलाको महिनावारीबारे बनाइएको चलचित्रले ओस्कार अवार्ड जितेको छ । पिरियड, एण्ड अफ सेन्टेन्सले छोटो विषयमा उत्कृष्ट बृत्तचित्रको अवार्ड जितेको हो ।

यो चलचित्र भारतको हापुरका महिलाले महिनावारीको बेलामा सामाजिक रुढीवादसँग भिड्नुपरेको विषयमा आधारित छ । चलचित्रको निर्देशन इरानी मुलकी महिला निर्देशकबाट गरिएको हो ।

महिनाबारीको बारेमा निर्मित चलचित्रले ओस्कार जितेको आफूले विश्वासै गर्न नसकेको चलचित्रकी निर्माताले बताइन् । उनले खुशीले रुदै भनिन् -‘म रोएको महिनावारी वा अरु कारणले होइन । महिनावारीबारे बनाइएको चलचित्रले भर्खरै अवार्ड जितेकोमा मलाई विश्वास समेत लागेको छैन ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com