नेपाली नयाँ बर्षमा सान फ्रान्सिस्कोमा क्रुज पार्टी हुने


प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार

नेपाली नयाँ वर्ष २०७६ को उपलक्ष्यमा क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरियामा नेपाली समुदाय माझ पहिलो पटक प्रोजेक्ट इन्टरटेन्मेन्ट गु्रपले नयाँ वर्ष साँझ क्रूज पार्टी आयोजना गर्न लागेको छ । सान फ्रान्सिस्को बे एरियामा बस्दै आएका जागरुक युवाहरुले नेपाली नयाँ बर्षको उपलक्षमा सुन्दर, भब्य र मनोरंजतात्मक क्रुजमा सयर गर्दै मनोरन्जना लिन क्रुज पार्टीको आयोजना गरेका हुन् ।

पार्टी आयोजक द्वय उद्धब के सी र हरि ओझाले जानकारी दिए अनुसार क्रूज पार्टी अप्रिल १३, २०१९ शनिबारको दिन बेलुका ७ बजे देखि मध्यरात १२ बजे सम्म हुनेछ। क्रूज पार्टी अल्मेडा हार्वर बाट सुरु भइ लोकप्रिय पर्यटकीय स्थलहरु बे ब्रिज, गोल्डेन गेट ब्रिज, एटीएनटी पार्क लगायतका स्थानको परिक्रम गरेर पुन ब्अल्मेडा हार्वर मा आएर नेपाली नया वर्ष मनाउदै समापन गरिने छ।

आयोजकका अनुसार मासलाइ भन्दा क्लासलाइ ध्यानमा राखेर यो पार्टीको तयारी भइराखेको छ। कार्यक्रमका अरु मुख्य आकर्षणहरुमा लाइभ म्युजिक, डिजे, गाला डिनर, ओपन बार रहेका छन्। टिकट र थप जानकारीका लागि उद्धब के सीलाई ५१० ८०९ ५५८२ र
हरि ओझालाई ५१० ३०९ ७४७४ मा सम्पर्क गर्न सकिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com