काँगे्रस कार्यालय सानेपामा नेविसंघका कार्यकर्ताबीच ईँटा हानाहान


प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार

नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताबीच झडप भएको छ । नेपाली काँग्रेसको संशोधित विधान मस्यौदा पारित गर्नका लागि जारी केन्द्रीय कार्य समिति बैठकमा भेला भएका नेताहरुलाई दवाव दिन आईतबार पार्टी केन्द्रिय कार्यालयमा जम्मा भएका नेविसंघका दुई गुटबीच ईँटा हानाहान भएको हो ।

नेविसंघमा नेता कुन्दनराज काफ्ले नेतृत्वको गुटले नेविसंघमा ३२ वर्षे उमेर हद लगाउन माग गर्दै काँग्रेस नेतृत्वलाई दवाव दिईरहेको छ भने पूर्व सभापति नैनसिंह महर नेतृत्वको पक्षले उमेर हद राख्न नहुने दवाव दिईरहेको छ ।

आईतबार विहान पार्टी केन्द्रिय कार्यालयमा नेताहरु आउन थालेपछि दुई पक्षले आ–आफ्नो माग सम्बोधन गराउन माग गर्दै चर्का नाराबाजी गरिरहेका बेला एक अर्काबीच इँटा हानाहानसहितको झपड भएको हो ।

सुरुमा पानीको बोत्तलबाट सुरु भएको दुई पक्षीय भिडन्तले उग्ररुप लिएपछि प्रहरीले लाठी जार्च समेत गर्नु परेको थियो । झडपमा परी एक जना पत्रकारसहित केही विद्यार्थी घाइते भएका छन । घाईतेहरु मध्ये एक जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com