बीबीसी : नेपाल भित्रिने रेमिट्यान्समा अमेरिकाले सबैलाई उछिन्नुको कारण


प्रकाशित मिति : फाल्गुन ११, २०७५ शनिबार

हुन्डीमार्फत् विदेशबाट पैसा पठाउन सरकारले निरुत्साहित गरेपछि पछिल्ला वर्षमा विप्रेषण अर्थात् रेमिट्यान्स नेपाल पठाउने देशको सूचीमा अमेरिका सबैभन्दा माथि परेको अधिकारीहरूले बताएका छन्।

यसअघि कतार, साउदी अरेबिया, मलेशिया लगायतका राष्ट्रबाट धेरै रेमिट्यान्स भित्रिने गर्थ्यो भने यसपटक तिनलाई उछिनेर सबैभन्दा माथि अमेरिका आएको हो। चालु आर्थिक वर्षको ६ महिनामा अमेरिकाबाट सबैभन्दा धेरै झण्डै ८२ अर्ब रुपैयाँ विप्रेषण आएको सरकारी आँकडाले देखाउँछ।

सरकारले यसलाई गैरकानूनी रुपमा भित्रिने पैसालाई निरुत्साहित गर्न सुरु गरेका केही प्रयास सफल भएको रुपमा अर्थ्याएको छ।

करिब चार वर्षअघि सबैभन्दा धेरै विप्रेषण पठाउने मुलुकको सूचीमा अमेरिका पाँचौ स्थानमा रहेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षमा भने त्यहाँबाट आउने रकम ह्वात्तै बढेको देखिएको राष्ट्र ब्याङ्कका विदेशी विनिमय विभागका प्रमुख भिष्म ढुङ्गाना बताउँछन्।

“गत आर्थिक वर्षमा अमेरिकाबाट १ अर्ब ५२ करोड, साउदी अरेबियाबाट ८८ करोड, कतारबाट ७७ करोड अमेरिकी डलर आएको थियो। पछिल्लो ६ महिनामा पनि अमेरिका नै अगाडि छ।”

यसअघि धेरैजसो हुन्डीजस्ता अनौपचारिक बाटोमार्फत् भित्रने त्यस्तो रकम अचेल कानुनी बाटोबाट धेरै आउन थालेको र सँगसँगै अमेरिकामा नेपाली रेमिट्यान्स कम्पनीका एजेन्टहरू बढ्न थालेको राष्ट्र ब्याङ्कका अधिकारीहरु बताउँछन्।

विनिमय विभागका प्रमुख ढुङ्गाना थप्छन्, “खाडी देशका अर्थतन्त्रमा देखिएका केही आन्तरिक समस्याका कारण पनि त्यहाँबाट विप्रेषण पहिलेजसरी आउन सकिरहेको छैन।”
त्यसो त केही समययता नेपाल भित्रिने रेमिट्यान्सको प्रवृत्तिमा समेत परिवर्तन आएको छ।

गत आर्थिक वर्षको ६ महिनामा ०.५ प्रतिशतले घटेको रेमिट्यान्स आप्रवाह चालु आर्थिक वर्षको सोही अवधिमा ३०.२ प्रतिशतले वृद्धि भएको राष्ट्र ब्याङ्कको तथ्याङ्कले देखाउँछ।

यस्तै अघिल्ला वर्षका तुलनामा वैदेशिक रोजगारीका लागि जाने मानिसहरूको संख्यामा कमी आउँदा पनि रेमिट्यान्स आप्रवाह भने बढेको सरकारी आँकडाले देखाउँछ।

यसलाई कतिपयले सकारात्मक भनेका छन् तर अर्थशास्त्रीहरू रेमिट्यान्सलाई महत्त्व दिनुभन्दा देशमै रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने बताउँछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com