नदीमा डुब्न लागेको व्यक्तिलाई कुकुर गएर बचाएपछि


प्रकाशित मिति : फाल्गुन ११, २०७५ शनिबार

कुकुरलाई इमान्दार जनावर र गुनी जनावरको रुपमा लिइन्छ। एउटा कुकुरले डुब्नै लागेको व्यक्तिलाई बचाएर यो कुरालाई अझ प्रमाणित गरेको छ।

अमेरिकाको साउथ क्यारोलिनाका २४ वर्षीय म्यासोन रिङ्गर काममा थिए। लन्च ब्रेकको समयमा साथीहरुले नजिकैको नदीमा डुंगा सयर गर्ने योजना बुने । उनी पनि साथीहरु संगै गए। तर, डुंगामा बसेका साथीहरुमध्ये एक जना उठ्न खोज्दै थिए। त्यही समयमा वेगले हावा पनि आयो र डुंगा पल्टियो । सबै साथीहरु पौडिन थाले ।

रिङ्गर पनि पौडिदै थिए तर, नदिको वेगले उनलाई झन् तल लागिरहेको थियो। उनी थाके र पौडिन छोडे, त्यसपछि भगवानलाई मात्र सम्झिन थाले । उनि तल, तल जाँदै थिए, यत्तिकैमा कुकुर भुक्दै आयो र उनको कपडाको कलरमा समातेर तान्न थाल्यो। कुकुरले उनलाई जेनतेन तान्दै किनारमा ल्याएर, बचाएरै छोड्यो।

उक्त कुकुर रिङ्गरले काम गर्ने ठाउँको कुकुर हो। उनका अनुसार, घटनाको अर्को दिन जब रिङ्गर काममा आए, कुकुर उनको नजिकै आएर बस्यो। उनले आफ्नो ज्यान बचाएको त्यो कुकुरलाई ‘हिरो’ नाम दिएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com