आश्रित दम्पत्तिलाई वर्क परमिट दिने ओबामा नीति खारेज गर्दै ट्रम्प प्रशासन


प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार

झण्डै २ बर्षको ढिलाईपछि ट्रम्प प्रशासनले ग्रिनकार्डका प्रकृयामा रहेका उच्च दक्षता भएका आप्रवासीका आश्रित दम्पत्तिलाई वर्क परमिट स्वीकृतिमा रोक लगाउने नीति कार्यान्वयनमा अगाडि बढेको छ । ट्रम्प प्रशासनको यो कदमले दशौं हजार हाइस्कील्ड भिसा वाहकका दम्पत्तिहरुलाई खतरामा धकेल्ने जनाइएको छ ।

अमेरिकाका कैयन प्रविधि कम्पनीहरुले उच्च दक्षता भएका कामदारहरुलाई रोजगार दिदै आएका छन् । त्यस्ता कामदारहरु दम्पत्ति र छोराछोरीसहित अमेरिका आउने गरेका छन् । दम्पत्तिलाई वर्क परमिट प्रदान नगरिने नीतिले उनीहरुलाई अमेरिकामा जीवन यापनमा असहज अवस्था आउनसक्नेछ ।

प्रस्तावित नीतिलाई पुनरावलोकनका लागि बुधबार ह्वाइटहाउसमा पठाइएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी उक्त नीति कार्यान्वयनका लागि सबै प्रकृया पूरा गरेको जनाइएको छ । ह्वाइट हाउसले अब नीतिलाई सरकारका अरु एजेन्सीहरुमार्फत पनि पुनरावलोकन गर्ने जनाइएको छ ।

एचवानबी भिसा वाहकका दम्पत्ति र छोराछोरीहरुलाई एचफोर भिसा प्रदान गरिदै आएको छ । अमेरिकामा हाइटेक भिसामा काम गरिरहेकाहरुका झण्डै १ लाख दम्पत्तिहरुलाई अमेरिकामा वर्क परमिट प्रदान गरिएको छ । उनीहरुमध्ये झण्डै ३० हजार क्यालिफोर्नियामा बस्ने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१५ मा ओबामा प्रशासनले एच फोर वर्क परमिटको सृजना गरेको थियो । उक्त वर्क परमिटले परिवारले ग्रिनकार्ड प्राप्त नगर्दासम्म काम गर्नका लागि अनुमति प्रदान गर्दै आएको थियो । रोजगारमा आधारित ग्रिनकार्ड प्राप्त गर्नका लागि बर्षौ लाग्ने भएकाले उक्त वर्क परमिटले कामदारका परिवारलाई ठूलो सहयोग गर्दै आएको थियो ।

ट्रम्प प्रशासनले यो कार्यक्रम पहिले नै खारेज गर्ने घोषणा गरेको थियो । तर कार्यान्वयनमा भने केही ढिलो भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com