प्रेरक व्यक्तित्व : १३ वर्षमा कखरा सिकेर अमेरिकामा पीएचडी


प्रकाशित मिति : श्रावण २४, २०७३ सोमबार

“मानिस ठूलो दिलले हुन्छ , जातले हुंदैन ।” महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो भनाईलाई आत्मसाथ गर्दै अगाडि बढेका सामाजिक व्यक्तित्व हुन् प्रा.डा. तारा निरौला । प्राध्यापन, अनुसन्धान नीति निर्माण लगायतका क्षेत्रमा झण्डै तीन दशकदेखि सकृय नाम हो तारा निरौला । नेपालको त्रिभुवन विश्वविद्यालयबाट ग्रयाजुयसन गरेका निरौलाले न्युयोर्कको कोलम्बिया युनिभर्सिटीबाट दोहोरो मास्टर डिग्री र पीएचडी समेत गरे ।

तेह्रथुम जिल्लाको पिप्पले गाउको एक सामान्य किसान परिवारमा जन्मेका तारा निरौलाले १३ वर्षको उमेरमा मात्र नेपाली भाषाका अक्षरहरु सिक्न सुरु गरे । निकै ढिलो कखरा सिक्ने उनै व्यक्तिपछि अमेरिकाको अति उत्कृष्ट मानिने कोलम्बिया विश्वविद्यालयबाट विद्यावारिधी गर्न सफल भएका हुन् ।

विद्यालय शिक्षकका रुपमा पेशा सुरु गरेका डाक्टर तारा निरौला सेभ द चिल्ड्रेन फन्डको योजना प्रशासक, स्वीस विकाश महासंघको शिक्षा अधिकृत समेत भएका थिए । उनी उच्च शिक्षाको शिलशिलामा अमेरिका आएका हुन् । अमेरिका आइसकेपछि उनले कोलम्बिया विश्वविद्यालयको शिक्षा संकायमा प्राध्यापन मात्र गरेनन्, सोही संकायमा शिक्षा अनुसन्धान योजनाको निर्देशक र वरिष्ठ शिक्षा अनुसन्धानविद्को पदमा रहेर पनि काम गरे । त्यो बाहेक उनले न्यू स्कुल युनिभर्सिटीको शिक्षा संकायमा प्राध्यापक र निर्देशकको पदमा रहेर काम गरिसकेका छन् ।

तेह्रथुम जिल्लाको पिप्पले गाउको एक सामान्य किसान परिवारमा जन्मेका तारा निरौलाले १३ वर्षको उमेरमा मात्र नेपाली भाषाका अक्षरहरु सिक्न सुरु गरे । निकै ढिलो कखरा सिक्ने उनै व्यक्तिपछि अमेरिकाको अति उत्कृष्ट मानिने कोलम्बिया विश्वविद्यालयबाट विद्यावारिधी गर्न सफल भएका हुन् ।

अमेरिकामा नेपाली समुदायको हितमा सकृय रहदै आएका छन् उनी ।समाजसेवामा सकृय रहने क्रमा उनी उत्तर अमेरिकाको नेपाली अमेरिकन परिषद्, अमेरिका नेपाल मैत्री समाज लगायतका संस्थाको नेतृत्व गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा शान्ति र समुन्नत राजनीतिक व्यवस्थाको लागि पनि अमेरिकामा उनी निकै सकृय रहदै आएका छन् । २०४६ सालको जनआन्दोलनमा निकै सकृय डाक्टर तारा निरौलाले दोश्रो जनआन्दोलनका बेलामा पनि न्युयोर्कबाट जनशक्ति र श्रोत परिचालन गरेर जनआन्दोलनको सफलताका लागि निकै ठूलो योगदान दिए । उनले नेपालमा विद्यालय बनाउन मात्र होइन, पुस्तकालय बनाउनमा पनि सहयोग गर्दै आएका छन् ।

सामाजिक क्षेत्रमा योगदान दिएपावत डाक्टर तारा निरौला विभिन्न मानसम्मानबाट विभुषित समेत भएका छन् । न्युयोर्क महानगरका कन्ट्रोलरले न्युयोर्क महानगरको शिक्षा सुधार एवं विकाशमा उत्कृष्ट योगदान गरेवापत सम्मान गरेको थियो भने न्युयोर्कको महानगर परिषद्ले एक विशिष्ट महानगरवासीका रुपमा परिचित गराएको थियो । त्यस्तै एसीयन अमेरिकन समन्वय परिषद्ले पनि उनलाई एक उत्कृष्ट व्यक्तिका रुपमा सम्मान गरेको थियो । अमेरिका नेपाल मैत्री समाज र कोलम्बिया विश्वविद्यालयको शिक्षा संकायले पनि उनलाई कुशल नेताको रुपमा सम्मान गरेको थियो । उनले गरेको सामाजिक सेवा र योगदानका कारण उनी अमेरिकामा रहेका नेपालीका नजरमा पनि उत्तिकै सम्मानित छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com