पलको जन्मदिनमा आँचलले लेखिन्,मायालु सन्देश !
प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार

फागुन १० गते नायक अभिनेता पल शाहको जन्मदिन हो । उनलाई सामाजिक सञ्जालमा थुप्रै छन् । यस्तैमा नायिका आँचल शर्माले पनि पललाई शुभकामना दिएकी छिन् ।
आँचलले लेखेकी छिन्, ‘जन्मदिनको शुभकामना मेरो साथी । तिमी जहिले पनि मेरो अप्ठ्यारो अवस्थामा मेरो छेउमै उभिएका छौँ । मलाई थाहा छ, सधै तिमी मेरो साथमा नै हुनेछौ।
म तिमी भन्दा एक कल फोनको दुरीमा छु । आशा छ, तिमीले बुझ्नेछौ । तिम्रो जिन्दगी सधै नै रंगिन होस् भन्ने शुभकामना दिन चाहन्छु ।’ पल र आँचलको लामो समय देखि पे्रममा रहेको चर्चा चलिरहेको छ । तर उनीहरु एकअर्कालाई असल साथीको रुपमा चिनाउदै आएका छन् ।