राष्ट्रपतिद्वारा ३ विधेयक प्रमाणीकरण
प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भएका ३ वटा विधेयक प्रमाणीकरण गर्नुभएकाे छ ।
आज शुक्रबारका दिन राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई अाएका विधेयक प्रमाणीकरण गर्नुभएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।
प्रमाणीकरण भएका विधेयकमा राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लगायत अन्य २ वटा रहेका छन् ।
अन्य दुई विधेयकमा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन (२०७३) लाई संशोधन गर्न बनेको विधेयक, २०७५ तथा कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ रहेका छन् ।
नेपालको संविधानको धारा ११३ को उपधारा (२) मा संघीय संसदबाट पारित भई अाएका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने र त्यसपछि कानुनकाे रुपमा लागू हुने व्यवस्था छ ।