मोडल दिक्पाल कार्की जन्मस्थान चौरजहारीमा मन्त्री र पूर्वमन्त्रीबाट सम्मानित


प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार

मिस्टर मोडल अफ द वल्र्ड दिक्पाल कार्की आफ्नै जन्मस्थान रुकुमको चौरजहारीमा मन्त्री र पूर्वमन्त्रीबाट सम्मानित भएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र पूर्व उर्जा तथा गृहमन्त्री जनार्दन शर्माबाट मोडल दिक्पाल कार्कीलाई सम्मान गरिएको हो ।

फागुन ७ गतेदेखि रुकुमको चौरजहारीमा सुरु प्रथम बृहद चौरजहारी महोत्सवमा कार्कीलाई सम्मान गरिएको हो । चौरजहारी उद्योग वाणिज्य संघ चौरजहारी पश्चिम रुकुमको आयोजनामा संचालित महोत्सव फागुन १७ गतेसम्म चल्नेछ ।

चौरजहारीमा जन्मिएका दिक्पालले प्राथमिक तहको पढाई चौरजहारीमै गरेका थिए । सन् २००९ देखि मोडलिङ क्षेत्रमा लागेका दिक्पालले गत बर्ष म्यानमारमा सम्पन्न प्रतियोगितामा मिस्टर मोडल अफ द वल्र्डको उपाधी जितेका थिए ।

त्यसको साथै दिक्पालले अरु तीनवटा टाइटल पनि जितेका थिए । मिस्टर किंग अफ क्याटवाक, मिस्टर मोडल चान लोन बेष्ट हेयर र मिस्टर मोडल बेष्ट इन फर्मल वेयरको टाइटल पनि उनले नै हातपारेका थिए ।

यसैगरी कार्कीले विभिन्न अन्तर्रा्ष्ट्रिय ब्राण्डहरुमा समेत मोडलिङ गरिसकेका छन् । उनले मिस्टर ग्राण्ड इन्टरनेशनल २०१७ मा सोसल मिडिया स्टार र पब्लिक च्वाइस अवार्ड जितेका थिए ।

एकसय भन्दा धेरै म्युजिक भिडियो र दुईवटा चलचित्रमा समेत अभिनय गरेका दिक्पाल मोडलिङको क्षेत्रबाट देशलाई अन्तराष्ट्रिय उपाधि जिताउनेमध्येका एक नेपाली हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com