नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट, ह्वात्तै बढ्यो टीपीएसपछि


प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार

अमेरिकाबाट एकबर्षमा १ खर्ब ७२ अर्ब रुपैया रेमिट्यान्सका रुपमा नेपाल भित्रिएको छ । आर्थिक बर्ष २०७४ /७५ मा उक्त रकम नेपाल भित्रिएको समाचार नयाँ पत्रिका दैनिकमा कृष्ण रिजाल र भवानीश्वर गौतमले लेखेका छन् ।

नेपाललाई अमेरिकामा टीपीएस प्रदान गर्नु अगाडिसम्म आर्थिक बर्ष २०७१ /७२ मा ११ अर्ब ६८ करोड रुपैया रेमिट्यान्सका रुपमा नेपाल भित्रिएको थियो । तर नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुले टीपीएस प्राप्त गरिसकेपछि आर्थिक बर्ष २०७२ /७३ मा ह्वात्तै बढेर ५२ अर्ब ५१ करोड रुपैया अमेरिकाबाट रेमिट्यान्सको रुपमा नेपाल भित्रिएको छ ।

त्यस्तै आर्थिक बर्ष २०७३/ ७४ मा १ खर्ब २९ अर्ब रुपैया अमेरिकाबाट रेमिट्यान्सका रुपमा नेपाल भित्रिएकोमा आर्थिक बर्ष २०७४ /७५ मा अझ बढेर १ खर्ब ७२ अर्ब रुपैया रेमिट्यान्सका रुपमा नेपाल भित्रिएको हो ।

तथ्यांक अनुशार नेपालमा सबैभन्दा बढी रेमिट्यान्स पठाउने मुलुक अमेरिका भएको छ । गत आर्थिक वर्षमा अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा र बेलायतबाट मात्रै २ अर्ब १३ करोड २ लाख २५ हजार डलर रेमिट्यान्स नेपाल भित्रिएको छ । यो कुल रेमिट्यान्सको झन्डै ३३.४ प्रतिशत हुन आउँछ । पछिल्लो ६ महिनामा नेपालमा कुल ४ खर्ब ४३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com