विद्यार्थी जाने देशबाट धेरै रेमिट्यान्स भित्रियो


प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार

उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बर्सेनि बढिरहेको छ । यससँगै अर्थतन्त्रमा उनीहरुको हिस्सेदार पनि वृद्धि भइरहेको छ ।

नेपाली अर्थतन्त्रको प्रमुख आधार रेमिट्यान्सको झन्डै एक तिहाई त पढ्न भनेर विदेश जाने विद्यार्थीले नै धानिरहेका छन् ।
नेपालीहरुको शैक्षिक गन्तव्यका रुपमा परिचित मुलुकबाट आउने रेमिट्यान्स अन्यभन्दा बढी छ ।

नेपालमा सबैभन्दा बढी रेमिट्यान्स पठाउने मुलुक अमेरिका हो । नेपाली विद्यार्थीको रोजाइमा पनि यो मुलुक अग्रपंक्तिमै छ । त्यस्तै, जापान, अस्ट्रेलिया, क्यानाडा, बेलायत पनि नेपाली विद्यार्थीका लागि आर्कषक गन्तव्य हुन् .

केन्द्रीय बैँकको तथ्यांकअनुसार तिनै मुलुकबाट सबैभन्दा बढी रेमिट्यान्स आएको छ । गत आर्थिक वर्षमा अमेरिका, जापान, अस्टे«लिया, क्यानाडा र बेलायतबाट मात्रै २ अर्ब १३ करोड २ लाख २५ हजार डलर रेमिट्यान्स नेपाल भित्रिएको छ । यो कुल रेमिट्यान्सको ३३।४ प्रतिशत हुन आउँछ । यो समाचार कृष्ण रिजाल र भवानीश्वर गौतमले नयाँ पत्रिकामा लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com