सिड्नीमा एक बृद्धमाथि हातपात गरेको आरोपमा पक्राउ परेर ८ महिनाको जेल सजाय तोकिएका प्रकाश पौडेललाई न्यूसाउथवेल्स राज्यको अदालतले रिहा गर्न आदेश दिएको छ । गत वर्ष बुपा एज केयरमा उनीमाथि बृद्धामाथि हातपात गरेको आरोप लागेको थियो । गत जनवरी २३ तारिख गरिएको अदालती फैसलाका आधारमा उनी जेल चलान भएका थिए ।
प्रकाश पौडेलका वकिलहरुले उनी घटना हुनुअघि निकै डराएको अवस्थामा रहेको बताएका थिए । प्रकाश पौडेलले घटनाको पश्चताप गरेको सिड्नी डिष्ट्रिक कोर्टका जज हेलेन सेम्सले बताएका थिए । घटनालाई अतिरञ्जित बनाउँदै प्रचार गरिएको पौडेलका वकिलहरुको आरोप छ । उनलाई अदालतले रिहा गर्न आदेश दिएपनि अनिवार्य रुपमा सात महिनासम्म विभिन्न सामूदायिक कार्य भने गर्नुपर्नेछ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।