अमेरिकी अध्यागमन जेलबाट रिहा हुन नेपालीको झण्डै साढे २ अर्ब रुपैया धरौटीमा खर्च


प्रकाशित मिति : फाल्गुन ९, २०७५ बिहीबार

– किशोर पन्थी

अमेरिकाको अध्यागमन जेलबाट रिहा हुनका लागि नेपालीहरुले अहिलेसम्म झण्डै साढे २ अर्ब रुपैया अर्थात् साढे २ करोड डलर धरौटीमा खर्च गरेका छन् । एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुशार अहिलेसम्म नेपालीहरुले औषतमा ३ हजारदेखि ५० हजार डलरसम्म धरौटी रकम बुझाउने गरेका छन् ।

१९ बर्षको अवधिमा २३ सय ८२ जना नेपालीहरुलाई धरौटीमा रिहा गरिएकोमा उनीहरुले झण्डै साढे २ अर्ब नेपाली रुपैया धरौटीका रुपमा जम्मा गरेका हुन् । यसरी धरौटीमा रिहा हुनेहरुमा अधिकांश नेपालीहरु मेक्सिकोको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने क्रममा सिमाक्षेत्रमा पक्राउ पर्नेहरु रहेका छन् ।

पहिलेपहिले निकै कम धरौटी रकम राखेर नेपालीहरु रिहा हुने गरेपनि अहिले भने ५० हजार डलरसम्म धरौटी रकम समेत तोक्ने गरिएको छ । दलाललाई लाखौं बुझाएर अमेरिका आएका नेपालीहरु धरौटीका नाममा चर्को रकम बुझाउनुपर्दा थप मारमा पर्ने गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुन बर्ष औषतमा कति धरौटी राखे नेपालीहरुले ?

आर्थिक बर्ष सन् २०१९ को तथ्यांक हेर्दा अमेरिकी अध्यागमन जेलबाट धरौटीमा छुट्दा नेपालीले बुझाउने धरौटी रकम विगतको तुलनामा ह्वात्तै बढेको छ । आर्थिक बर्ष २०१७ मा औषतमा नेपालीले बुझाउने धरौटी रकम १० हजार अमेरिकी डलर रहेकोमा २०१८ र २०१९ मा औषतमा १५ हजार पुगेको हो ।

सन् २००१ मा नेपालीले बुझाउने औषत धरौटी रकम ३७५० डलर रहेको थियो । सन् २००२ मा बढेर औषतमा ६५ सय डलर पुग्यो । सन् २००३ मा २५ सय, सन् २००४ देखि सन् २००७ सम्म ५ हजार, सन् २००८ मा ४ हजार, सन् २००९ मा ६ हजार डलर नेपालीले बुझाउने औषत धरौटी रकम रहेको थियो ।

त्यस्तै सन् २०१० मा ४ हजार, सन् २०११ मा ५ हजार, सन् २०१२ मा ७५ सय, सन् २०१३ मा ८ हजार, सन् २०१४ मा ७२५० डलर नेपालीले धरौटी बुझाउने औषत रकम रहेको थियो । त्यस्तै सन् २०१५ मा ७५ सय, सन् २०१६ मा १० हजार हुँदै अहिले औषत धरौटी रकम १५ हजार अमेरिकी डलर पुगेको छ ।

अमेरिकी अध्यागमन अदालतमा मुद्दा जारी रहँदा नेपालीहरु धरौटीमा रिहा हुने गरेका छन् । मुद्दाको टुंगो लागिसकेपछि भने धरौटी रकम फिर्ता लिन पाइन्छ । तर जेलमा रहेको बखत दोश्रो व्यक्ति धरौटी राख्नुपर्ने भएकाले धरौटी रकम फिर्ता गर्ने क्रममा भने अमेरिकामा थुप्रै नेपालीहरु ठगिने गरेका छन् ।

एटलान्टामा नेपालीलाई औषतमा ५० हजार डलर धरौटी

एटलान्टाको अध्यागमन अदालतले मेक्सिकोहुँदै गैर कानुनी रुपमा सिमा पार गरेर अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका नेपालीलाई औषतमा ५० हजारसम्मको धरौटी रकम तोक्ने गरेको छ । एटलान्टाको अध्यममन जेलमा राखेर चलाइने मुद्दाका सन्दर्भमा धरौटीमा रिहा हुनका लागि कागजपत्रविहिन नेपालीहरुले औषतमा उक्त रकम धरौटी राख्नु परेको हो ।

यो रकम औषत रकम भएकाले कतिपय नेपालीहरुले ५० हजार डलर भन्दा पनि धेरै धरौटी रकम राख्नु परेको छ । यद्यपी कतिपयले कम धरौटी रकम राखेर समेत रिहा हुने अवशर पाएका छन् ।

दलाललाई पचासदेखि साठीलाख रुपैयासम्म बुझाएर मेक्सिकोको बाटोहुँदै अमेरिका प्रवेश गरेका नेपालीहरु पक्राउ परेर एटलान्टाको अध्यागमन जेलमा राखिएको खण्डमा थप पचास साठी लाख रुपैया धरौटीका रुपमा राख्नुपर्दा र कानुन व्यवसायीको शुल्क समेत जोड्दा अमेरिका आउनका लागि एककरोड देखि सबाकरोड रुपैयासम्म खर्च हुने गरेको छ ।

मुद्दाको टुंगो लागिसकेपछि धरौटी रकम फिर्ता हुने भएपनि मुद्दाको टुंगो लाग्न बर्षौ लाग्ने गरेको सन्दर्भमा ऋण खोजेर रकम जम्मा गर्नुपर्ने बाध्यताले उक्त रकमको ब्याज बढेर तिर्नुपर्ने रकम झण्डै दोब्बर बन्ने अवस्थासमेत आउने गरेको छ ।

हाल अमेरिकाको अध्यागमन जेलहरुमा झण्डै ३ सय नेपालीहरु रहेका छन् । उनीहरुमध्ये अधिकांशले अध्यागमन अदालतमा एसाइलमको मुद्दा चलाउँदै धरौटीमा रिहा हुने आशा गरिरहेका छन् । एटलान्टाको जेल सबैभन्दा धेरै नेपालीहरु राखिनेमध्येको जेल हो ।

आर्थिक बर्ष सन् २०१९ को तथ्यांक हेर्दा एटलान्टाको अदालतले नेपालीलाई औषतमा ५० हजार डलर धरौटी तोक्ने गरेको देखिएको हो । सन् २०१९ को तथ्यांक अनुशार सान डिएगोको ओटे मेशामा रहेको अध्यागमन अदालतमा नेपालीहरुलाई औषतमा २५ हजार अमेरिकी डलर धरौटी तोक्ने गरिएको छ । त्यस्तै जर्जियाको लम्पकिनमा औषतमा नेपालीहरुलाई २५ हजार अमेरिकी डलर धरौटी तोक्ने गरिएको छ ।

त्यस्तै टकोमाको अध्यागमन अदालतले औषतमा नेपालीका लागि २२ हजार ५ सय, बटाभियामा १७ हजार, एडेलान्टोमा १७ हजार, लस एन्जलसमा १५ हजार, ओकाडेलमा १५ हजार, क्लीभल्याण्डमा १२ हजार ५ सय, सान फ्रान्सिस्कोमा १० हजार, कोन्द्रमा ९ हजार ७ सय ५०, एल पासोमा ८ हजार ५ सय र अरोरामा ५ हजार डलर औषतमा धरौटी रकम तोक्ने गरिएको छ । यो औषत रकम भएकाले केस अनुशार कम वा यो भन्दा बढी समेत हुनसक्छ ।

सन् २०१९ को तथ्यांक हेर्दा नेपाली, बंगालादेशी र भारतीयलाई तोकिएको धरौटी रकम सबैभन्दा उच्च रहेको छ । नेपालीलाई औषतमा सबैभन्दा बढी एटलान्टामा ५० हजार डलर तोकिएकोमा भारतीयलाई लम्पकिनमा ३५ हजार डलर औषत धरौटी तोकिएको छ । बंगालादेशीलाई टकोमामा सबैभन्दा धेरै औषतमा ३० हजार अमेरिकी डलर धरौटी तोकिएको छ ।

सन् २०१९ मा विश्वका सबै देशका नागरिकको तुलना गर्दा औषतमा सबैभन्दा धेरै धरौटी रकम नेपालीहरुका लागि तोकिएको छ । जबकी छिमेकी राष्ट्र चीनका नागरिकका लागि बढीमा औषत धरौटी ३२ हजार ५ सय डलर र भारतका नागरिकका लागि बढीमा औषत धरौटी रकम ३५ हजारडलरमात्र तोकिएको छ । अमेरिकी सरकारकै तथ्यांक हेर्दा दक्षिण एसियालीहरुलाई अध्यागमन अदालतले सबैभन्दा धेरै धरौटी रकम तोक्ने गरेको पाइएको छ ।

हामीले नेपालीले बुझाउने बोण्ड रकमका बारेमा श्रृंखलाबद्ध समाचार प्रकाशित गर्दैछौं । खसोखास हेर्दै गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com