के हो पोर्चुगलको गोल्डेन भिसा ? ३५ दिन बसे नागरिकता !


प्रकाशित मिति : फाल्गुन ९, २०७५ बिहीबार

पोर्चुगलको गोल्डेन रेसिडेन्स परमिट प्रोग्राम विश्वमै लगानीमार्फत प्राप्त हुने आवासीय कार्यक्रममध्ये लोकप्रिय बन्दै गइरहेको छ ।

द पोर्चुगिज इमिग्रेशन सर्भिस सेफले हालै सार्वजनिक गरेको तथ्यांक अनुशार यो कार्यक्रम सुरु भएयता ८ हजार गोल्डेन भिसाका आवेदनहरु स्वीकृत भइसकेका छन् ।

गोल्डेन भिसा प्राप्त गरिसकेपछि पोर्चुगलमा प्रवेश गर्न वा युरोपको शेंगेन क्षेत्रमा यात्रा गर्नका लागि कुनै भिसा लिनु पर्दैन ।

फरक देशको रेसिडेन्सी भएपनि गोल्डेन भिसा वाहकले पोर्चुगलमा काम गर्न र बस्न पाउँछन् ।गोल्डेन भिसामा पोर्चुगलको रेसिडेन्सी आफ्ना आश्रित परिवारका सदस्यका हकमा समेत प्राप्त गर्न सकिनेछ ।

५ बर्षको अवधिमा ३५ दिनमात्र पोर्चुगलमा बसेमात्र पनि भिसा कायम रहन्छ भने ५ बर्षपछि पोर्चुगलको स्थायी बासिन्दा वा नागरिकताका लागि आवेदन दिन सकिन्छ । वेष्टर्न युरोपका अन्य देशका तुलनामा पोर्चुगल सस्तो रहेको छ ।

त्यसैले पनि पोर्चुगल छान्नेहरुको संख्या बढ्दो रहेको छ । गोल्डेन भिसा प्राप्त गर्नका लागि भिसा अवधिभर अर्थात् ५ बर्षका लागि पोर्चुगलमा आफ्नो लगानी कायम गर्नुपर्छ ।

भिसा कायम राख्नका लागि पहिलो बर्ष कम्तीमा ७ दिन, दोश्रोदेखि तेश्रोबर्ष १४ दिन र चौथोदेखि पाँचौंबर्ष १४ दिन पोर्चुगलमा बसेको हुनुपर्छ । शहरी पुनर्वास कार्यक्रम अन्तरगत साढे तीनलाख युरो वा बढीको सम्पत्ति प्राप्त गरेमा, जुनसुकै स्थानमा ५ लाख युरो वा बढीको सम्पत्ति प्राप्त गरेमा, निजी इक्वीटीमा साढे ३ लाख युरो लगानी गरेमा, अन्य लगानीमा १ मिलियन लगानी गरेमा गोल्डेन भिसा प्राप्त गर्न सकिन्छ ।

यसबारे थप समाचारका लागि यहाँ क्लिक गर्नुहोला

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com