यसकारण बर्खास्तमा परे परिषदका पदाधिकारी


प्रकाशित मिति : फाल्गुन ९, २०७५ बिहीबार

समाज कल्याण परिषदका पदाधिकारीहरु बर्खास्तमा परेका छन् । बदनियत र कानून विपरीत काम गरेको भन्दै सरकारले उनीहरुलाई पदमुक्त गरेको छ ।

मन्त्रिपरिषद बैठकले परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु कुञ्जकुमार झा, गोकर्ण भट्ट र सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई बर्खास्त गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाका अनुसार उनीहरुले बदनियतपूर्वक र कानून विपरीत काम गरेर परिषद्लाई हानी

पु-याएका थिए । सरकारले ती पदाधिकारीहरुलाई कानुनी कारबाहीका लागि प्रक्रियासमेत अघि बढाएको जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com