पाकिस्तानी कैदीको भारतको जेलमा ढुङ्गाले हानीहानी हत्या


प्रकाशित मिति : फाल्गुन ९, २०७५ बिहीबार

भारतको राजस्थानमा जयपुरको केन्द्रीय जेलमा भएका एक पाकिस्तानी कैदी शकरुल्लाहको जेलको ब्यारेकमा नै कैदीहरुले कुटीकुटी हत्या गरेका छन् ।

पाकिस्तानमा सियालकोटमा बस्ने शाकरुल्लाह जन्मकैदको सजाय काटिरहेका थिए । जेलका भएका चार भारतीय कैदीले उनको ढुङ्गाले हानीहानी हत्या गरेको बताइएको छ ।

पुलिसका अनुसार घटना बुधबार अपरान्हको हो । जयपुर पुलिसका वरिष्ठ अधिकारी लक्ष्मण गौडले जेल बाहिर जम्मा भएका पत्रकारसँगको कुराकानीमा यसबारे पुष्टि गरेका हुन् ।

गौडका अनुसार प्रारम्भिक रुपमा जेलमा टिभीको आवाजको विषयमा विवाद भएपछि घटनाले हत्याको रुप लिएको हो । चार कैदीको पहिचान भइसकेको गौडले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनाको सही तस्बिर सार्वजनिक होस् भन्नका लागि घटनाबारे थप अनुसन्धान भइरहेको गौडले बताए । घटनाको सम्बन्ध पुलवामा हमलासँग जोडिएको छ भन्ने प्रश्नमा पुलिस अधिकारीले अहिलेसम्म टिभीको आवाजको विषयमा झगडा सुरु भएको कुरा पत्ता लागेको जानकारी दिए ।

शाकरुल्लालगायत अन्य दुई पाकिस्तानी कैदीलाई सन् २०१७ मा जयपुरको एक अदालतले भारतमा आतंक फैलाएको आरोपमा जन्मकैदको सजाय सुनाएको थियो । त्यतिबेला देखि उनी जेलमा थिए । उनीमाथि चरमपन्थी संगठन लश्कर ए तैएबका लागि काम गरेको आरोप थियो । नारायण बारेठ /बीबीसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com