अस्ट्रेलियामा १२ सय नेपाली विद्यार्थी बिचल्लीमा


प्रकाशित मिति : फाल्गुन ९, २०७५ बिहीबार

शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ ।

अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) ले अस्ट्रेलियन सरकारको अध्ययन स्वीकृति नलिई सुरु गरेको कोर्समा विद्यार्थी भर्ना लिँदा समस्या भएको हो ।

त्यस्तो कलेजमा जान प्रबन्ध मिलाउने नेपालका परामर्शदाता, अध्ययनका लागि आपत्ति छैन भन्दै पत्र (नो अब्जेक्सन लेटर) दिने शिक्षा मन्त्रालय र त्यस्तो कलेजमा  पढ्न भनी भिसा दिने अस्ट्रेलियन दूतावासको लापरबाहीले विद्यार्थी समस्यामा परेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com