दौरा सुरुवालमा बाबुराम, जीवनमा पहिलो पटक लगाएको खुलासा
प्रकाशित मिति : फाल्गुन ९, २०७५ बिहीबार

नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले जीवनमा पहिलो पटक दौरा सुरुवाल लगाएका छन् । खसबाहुल्य कर्णाली प्रदेशमा दौरासुरुवाल लगाएर प्रवेश गरेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
फेसबुकमा दौरा सुरुवाल लगाएका तस्वीर पोष्ट गर्दै बाबुरामले भनेका छन् – ‘देश अनुसारको भेष । जीवनमा पहिलो पटक दौरासुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरियो ।’
त्यस्तै नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमिले पनि बाबुरामले दौरा सुरुवाल लगाएको तस्वीर आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । उनले आफ्ना खस श्रीमान् बाबुरामले खसल्याण्डमा खस दौरासुरुवाल जीवनमै पहिलोपटक लगाएको जनाएकी छिन् ।