पोर्तुगलमा आप्रवासीहरुमाथि इमिग्रेशनको कडा चेकजाँच, ४ जनालाई २० दिनभित्र देश छोडन आदेश


प्रकाशित मिति : फाल्गुन ९, २०७५ बिहीबार

द इमिग्रेशन एण्ड बोर्डर सभिस (सेफ)ले भिज्यू र एभेरोमा गरेको औद्योगिक एकाइहरु र सडक टर्मिनलहरुमा गरेको एक सर्च अप्रेशनमा गैर कानुनी रुपमा रहेका ७ आप्रवासीलाई पक्राउ गरेको छ।

एभेरोमा मा लगभग ३० विदेशी नागरिकहरुसंग चेकजाँच गरिएको थियो जसमध्ये ४ जना गैर कानुनी रुपमा बसिरहेकोले २० दिनभित्र देश छोडन सेफले आदेश दिएको छ र अटेरी गरे बल प्रयोग गरी डिपोर्ट गरिने सेफले जनाएको छ।

गैर कानुनी आप्रवासीहरुलाई काम दिएको अभियोगमा २ व्यवसायीहरुलाई ४ हजार देखि २० हजार यूरोसम्मको जरिवाना गरिएको छ।
यस बारे थप समाचारको लागि यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com