कालिका मन्दिरमा विवाहमा कडाइ


प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार

प्रसिद्ध बागलुङ कालिका भगवतीको मन्दिरमा विवाहका लागि जाँदै हुनुहुन्छ भने ख्याल गर्नुहोस् कानूनले तोकेभन्दा कम उमेरका युवाका लागि यहाँ विवाह गर्ने ठाउँ छैन । नेपालको कानूनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न बन्देज लगाएपछि बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले पनि कानूनले तोकेभन्दा कम उमेरकालाई विवाहका लागि मन्दिरमा नआउन आग्रह गरेको हो ।

कानूनको उल्लङ्घन हुने गरी मन्दिरमा विवाह गर्दा जुनसुकै सङ्कट आइलाग्न सक्ने भन्दै गुठीले मन्दिरमा नआउन आग्रह गरेको हो । “उमेर नपुगी विवाह गर्नेहरुलाई मन्दिरमा आएर विवाह नगर्दिनुस् भनेका छौँ’ गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले भन्नुभयोे, “राज्यले बनाएको कानून परिपालना गराउनु र पालन गर्नु हाम्रो दायित्व हो ।”

गुठीले कानूनले तोकेअनुसारको केटा र केटीको उमेरको फरक पनि २० वर्षभन्दा बढी भएमा विवाहका लागि मन्दिरमा नआउन आग्रह गरेको छ । गुठीले पछिल्लो समय केटाकेटी मात्रै मन्दिरमा आएर विवाह गर्ने गरेकोप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ ।

“केटाकेटी मात्रै मन्दिरमा आएर विवाह गर्दा कस्तो अवस्थामा आएका हुन् भन्ने थाहै हुँदैन”, खड्काले भन्नुभयोे, “कहिलेकाहीँ जबरजस्ती विवाह पनि भएको हुनसक्छ, त्यसका कारण पछि पर्ने समस्याका बारेमा हामी सचेत हुनैपर्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले अभिभावक वा कोही आफन्त र साथीभाइ लिएर मात्रै विवाहका लागि मन्दिरमा आउन आग्रह गरिएको बताउनुभयो । “हामीले आग्रह मात्रै गरेका छौँ, मन्दिरमा सूचना टाँस पनि गरेका छौँ, नमान्नेलाई कारवाही गर्ने अधिकार त हामीसँग छैन तर पवित्र स्थानमा पवित्र मन लिएर नै आउनुहुन्छ भन्ने आशा राखेका छौँ”, खड्काले भन्नुभयोे ।

वर्षमा झण्डै ६०० विवाह हुने मन्दिरमा लगनको महीनामा दैनिक १८ देखि २५ सम्म विवाह हुने गरेका छन् । विवाह लगन नभएका महीनामा पनि मन्दिरमा विवाहका लागि आउने गरेको गुठीले जनाएको छ । एउटा विवाह सम्पन्न गर्दा रु ५०० शुल्क लिने गरेको गुठी व्यवस्थापन समितिले विवाह शुल्कबाट उठेको रकमले आवश्यक पूर्वाधार निर्माण गर्ने गरेको छ ।

मन्दिर परिसरमा विवाहका लागि मण्डपसमेत व्यवस्था गरिएको छ । सरकारले घोषणा गरेको पुग्नैपर्ने १०० गन्तव्यमध्ये स्थापित गन्तव्यमा समावेश भएको कालिका भगवती मन्दिरमा विवाह, व्रतबन्ध र अन्य पूजापाठका लागि समेत दैनिक भक्तालु आउने गरेका छन् । नवदुर्गा पूजाको समयमा यहाँ भक्तालुको भीड नै लाग्ने गरेको छ भने अन्य समयमा दैनिक सरदरमा ५०० देखि एक हजारसम्म भक्तालु आउने गरेको गुठीको सचिवालयले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com