११ बर्षीय बालिका बलात्कारपछि हत्या गरी जलाउने मगर पक्राउ


प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार

 केही दिन अघि छिमेकीको विवाह भोजमा जाँदा ११ बर्षीय बालिकालार्इ बलात्कार पछि हत्या गरी जलाउने निरज गर्जा मगरलाई प्रहरीले पक्राउ गरेको छ । उनले ती बालिकालाई बलात्कारपछि हत्यागरेर जलाएका थिए । मंगलबार उनलकाई धनुष प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन गरेर सार्वजनीक गरेको छ ।

पक्राउ परेका २२ बर्षीय मगर बटेश्वर गाउँपालिका, ४ बैगाली टोलका स्थायी बासिन्दा हुन् । मगरलाई प्रहरीले धनुषाकै विदेह नगरपालिका, २ दुहबीबाट पक्राउ गरेको हो । उनलाई जवरस्ती करणी र कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताएका छन् ।

गत बुधवार अर्थात फागुन १ मा बुबासँग छिमेकी इन्द्र थापा मगरको छोरी मन्दिरा थापाको बिहे भोज खान गएकी थिईन ती बालिका र उनी नाचेकी थिईन् । नाचगान गर्दा गर्दै बिजुली गएपछि नाचगान बीचमै रोकियो । त्यसपछि बालिकालाई मगरले चाउचाउ र फ्रुट्री किन्ने भन्दै भन्दै अलिक टाढा उखुबारीमा लगेर बलात्कार गरेका थिए । त्यसपछि पोल खुल्ने डरले बालिकालाई त्ही जालाएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com