म्यानमार हुँदै इराक लैजान लागिएका १७९ नेपालीको भारतबाट उद्धार
प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार

म्यानमार हुँदै इराक लगिदै गरेका १७९ नेपालीलाई भारतबाट उद्धार गरी नेपाल फकाईएको छ । नेपाल सरकार र माइती नेपालको विशेष सक्रियतामा भारतको मणिपुरबाट १४७ जना महिला र ३२ जना पुरुषको उद्धार भएको हो ।
पाँचवटा भारतीय बसमा राखेर मंगलबार बिहान उनीहरुलाई पूर्वी नाका काँकडभिट्टा हुँदै स्वदेश फर्काइएको हो । काँकडभिट्टास्थित मेची भन्सार कार्यालय परिसरबाट उनीहरुलाई नेपालकै ६ वटा वसमा हालेर काठमाडौँ पठाइएको यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।