शिक्षकको मापदण्ड तोकियो


प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार

विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुले अव योग्यता नपुगेको भए ५ वटा योग्यता पु-याउनुपर्ने भएको छ ।  सरकारले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदामा आधारभुत तहमा अध्यापन गराउन कम्तीमा स्नातक र माध्यमिक तहमा कम्तीमा स्नातकोत्तर तह हुनुपर्ने व्यवस्था गरेपछि योग्यता नपुगेका शिक्षकले अनिवार्य रुपमा स्नातक वा स्नातकोत्तर तह पुरा गर्नुपर्ने भएको छ ।

प्रस्तावमा वालविकास केन्द्र(इसिडी) र कक्षा १ देखि ३ सम्म अध्यापन गराउन भने कक्षा १२ वा प्रविणता प्रमाणपत्र तह अध्ययन पुरा गरे पुग्ने भएको छ । हाल सार्वजनिक भएको मस्यौदा प्रति नेपाल शिक्षक महासंघले आपत्ती जनाएको छ ।

महासंघका अध्यक्ष वावुराम थापाले भन्नुभयो– मस्यौदामा यस्तो विषय उल्लेख भएको सुनेको छु, यो ब्यवस्थागर्न लागेको भए हामी मान्दैनौ
उहाले पाच वर्ष भित्र योग्यता पु-याउने विषय हटाउनुपर्ने बताउनुभयो ।

उहाले भन्नुभयो–स्नातक तह पुरा गर्न चार वर्ष लाग्ने अवस्थामा कसरी पांच वर्ष्भित्र स्नातकोत्तर तह पुरा गर्न सकिन्छ । उहाले मस्यौदामा पाच वर्ष उल्लेख भए त्यसलाई सच्याएर सात वर्ष कायम गर्नुपर्ने बताउनुभयो ।यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com