पोर्चुगलमा आप्रवासी नियममा परिवर्तन, एकबर्ष बसेका लिगल इन्ट्री नहुनेलाई पनि मानविय आधारमा बसोवास अनुमति


प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

पोर्चुगलमा कानुनी रुममा आप्रवासी नियममा नयाँ परिवर्तन भएको छ ।

द इमिग्रेशन एण्ड बोर्डर सर्भिस सेफको यो नियम तेस्रो मुलुकका नागरिक,आप्रबासी,विद्यार्थी भिसाका निवेदक ,लगानीकर्ता तथा असाधारण क्षमता भएका भिसा आवेदकहरुका लागि ल्याइएको हो ।

नयाँ नियम अनुसार रेजिडेन्टस भिसा आवेदकका लागि रेजिडेन्टस अनुमतिका लागि द इमिग्रेशन एण्ड बोर्डर सर्भिस सेफको कार्यालयद्धारा मिति निर्धारण गरि बोलाइने छ ।

यसरी बोलाइदा भिसा आबेदकले जुनसुकै सेफ अफिसका लागि अपोइन्टमेन्ट लिन सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसका लागि आवेदकको ठेगाना अर्थात जुन्ता पोर्चुगलभित्र जहाँको भएपनि केही फरक पर्दैन ।तर एक पटकको अपोइन्टमेन्टमा पेश गरिएका कागजात पुन प्रयोग गर्न पाइने छैन ।

रेजिडेन्टस परमिट नविकरण, भिसा रिन्यु ,रेजिडेन्टस कार्ड नविकरणका लागि सेफको वेवसाइटबाट रजिष्टर्ड गरि अपोइन्टमेन्ट मिति लिन सकिने छ ।

जसमा आफ्ना कागजातहरु अनलाइनबाटै सवमिट गर्न सकिन्छ । तर फोटोगा्रफ ,औठा छाप ,हस्ताक्षर दिने जस्ता कुराहरुको लागि आवेदक स्वंम उपस्थित हुनुपर्दछ ।

नयाँ नियममा, विदेशी नागरिक जो ब्यक्ती पोर्चुगलमा लामो समयदेखी काम गरिरहेका छन वा विद्यार्थी भिसामा अर्को मुलुकबाट आएका छन् तर उनिहरुसँग पोर्चुगलमा लिगल डकुमेन्ट छैन , लिगल प्रवेशको कागजात छैन भने पनि यदि तिनिहरु एक वर्ष भन्दा धेरै पोर्चुगलमा बसेका छन् भने तिनिहरुले सोसियल सेक्युरिटीको छुट फाइदा लिन तथा मानविय कारण देखाएर बसोवास अनुमति प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै पोर्चुगलमा उच्च शिक्षाका लागि आएका आप्रवासी विद्यार्थी एवं पोर्चुगिस भाषा बोल्ने देशका नागरिकले समेत बसोवास भिसाको लागि आवेदन दिन सक्नेछन् ।

त्यस्तै नयाँ नियममा उच्च योग्यता तथा असाधारण क्षमता भएका एवं पोर्चुगलमा उद्यम व्यावसाय सञ्चालन गर्न चाहने बिदेशी नागरिकहरुका लागी बसोवास भिसाको लागि सहज सुव्यवस्था गरिने बताइएको छ ।

पोर्चुगलमा काम गर्ने मौसमी कामदार जो कम्पनिको फ्रेमवर्क भित्र सरुवा भैरहेका छन् तिनिहरु साथै आप्रवासी विद्यार्थी तथा खोजकर्ता उनिहरुले आफ्नो कामलाई सहज बनाउन सक्नेछन् ।सेफको इमिग्रेशन अपडेट पोर्टलमा उल्लेख गरिएको छ ।

यसबारे थप समाचारको लागि यहाँ क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com