एक हजार किशोरीहरु लिएर रेखा थापा फिल्म हलमा


प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

रेखा थापाको पछिल्लो फिल्म ‘मालिका’ प्रदेश २ मा प्रर्दशन गरिएको छ । प्रदेश २ मा झण्डै एक हजार किशोरीहरुलाई निःशुल्क रुपमा फिल्म देखाइएको हो ।

छोरीको निम्ति स्वर्णिम नेपाल महाअभियान तथा ‘बेटी पढाउ बेटी बचाऊ’ अभियानलाई सफल बनाउनको लागि रेखा प्रदेश २ मा पुगेकी हुन् । उनले सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्दै उक्त जानकारी दिएकी छिन् । जोन्टा क्लब काठमाण्डौंको साझेदारी गरेर फिल्म प्रर्दशन गरिएको हो ।

बालविवाह विरुद्ध आवाज उठाइएको फिल्म हरेक गाँउका किशोरीले हेर्न पाउँनुपर्छ भन्ने मनोसायले रेखाले विभिन्न ग्रामिण भेगमा फिल्म मालिका प्रर्दशन गरिरहेकी छन् । फिल्म मालिकालाई रेखा थापाले आफैंले निर्देशन गरेकी हुन् । फिल्ममा रेखासँगै जाजरकोटकी कमला वलीको पनि मुख्य भुमिका रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com