कतारमा ट्राफिक नियम उलंघन गर्दा ६ हजार रियाल (१ लाख ८० हजार) जरिवाना


प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

चार लाख बढी नेपाली कार्यारत कतारमा सवारी चालकको रुपमा काम गर्नेहरु पनि धेरै छन्। हालै ट्राफिक नियममा कतारले कडा नियम लागू गरेको छ। नियम उल्लंघन गरेमा जरिवाना तथा काराबासको सजाय बढाइएको छ।

कतार प्रहरीले पुरानो ट्राफिक नियममा हेरफेर गर्दै नयाँ व्यवस्था लागू गरेको हो। कतार प्रहरीले जारी गरेको नयाँ व्यवस्था अनुसार रातो सिग्नलमा सवारी चलाएमा जरिवानासँगै काराबासको सजाय व्यहोर्नु पर्ने भएको छ।

११ वर्ष मुनिका बालबालिकालाई अगाडिको सिटमा राखेर गाडी चलाएमा २ हजार जरिवाना तिर्नुपर्ने भएको छ। यसअघि सो जरिवाना रकम ५ सय मात्र थियो। कारभित्र धुम्रपान गरेमा वा ठूलो आवाजमा संगीत सुनेमा ५ हजार जरिवाना तिर्नुपर्ने भएको छ।

यसबाहेक सवारी चालउने क्रममा फोनमा कुरा गरेमा २ हजार, एकतर्फी रुटमा गाडी चलाए ५ हजार, सिट बेल्ट नलगाएमा २ हजार, मापदण्डभन्दा तीब्र गतिमा सवारी चलाए १ हजार ६ सय कतारी रियाल जरिवाना तिर्नुपर्ने नियम बनाइएको छ। यसअघि यी नियम उलंघन गर्दा क्रमश ८ सय, एक हजार र ८ सय रियाल जरिवाना बुझाउनु पर्ने हुन्थ्यो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै नयाँ नियम अनुसार गतल दिशाबाट ओभरटेक गर्दा ५ हजार कतारी रियल तथा एक महिनाको काराबास सजाय भुक्तान गर्नुपर्ने भएको छ।

यस वर्षको आधा महिना सम्म आइपुग्दा ५१ हजार तिब्र गति सँगै जम्मा ६७०० रातो बत्ती काटेको सवारी नियम उल्लङ्घनको तथ्याङ्क कतार ट्राफिक विभागले सार्वजनिक गरेको छ।

सडक इन्जिनरिङ विभाग अन्तर्गतको ट्राफिक प्लानिङ्ग शाखाका प्रमुख क्याप्टेन मोहम्मद मिसफर अल हज्रीले ट्राफिक विभागको मुख्य कार्यालयमा हिजो भएको पत्रकार सम्मेलनमा बोल्दै सवारी नियम तथा सुरक्षाका विषयमा जानकार गराएका थिए ।

ट्राफिक विभागले हाल सञ्चालन गरिरहेको ‘दुर्घटना रहित समर’ अभियान सफल पार्न सबै सवारी चालक तथा ट्राफिक नियम बारे सर्वसाधारणलाई जानकारी दिनको लागि हातेमालो गर्न सम्पूर्ण मिडियाकर्मीलाई समेत विभागले आग्रह गरेको छ।

तिब्र गति र रातो बत्ती काट्दा हुने सबै भन्दा बढी दुर्घटना बारे जागरण गराउन विभागद्वारा जारी अभियान अन्तर्गत यो हप्ता ती विषय मुख्य एजेण्डा रहेको छ।

पत्रकार सम्मेलनमा बोल्दै ट्राफिक विभागको मातहतमा रहेको सूचना तथा जागरण समितका प्रमुख कर्नेल मोहम्मद रधी अल हाज्रीले रातो बत्तीको सिग्नल काट्दा ६ हजार रियाल सँगै ७ माइनस पोइन्ट जरिवाना हुने नियम रहेको जानकारी दिएका छन्।

त्यस्तै सवारी चालकले मात्र नभएर पैदयात्रीले समेत ट्राफिक नियम पालना गर्नुपर्ने कर्नेल हाज्रीले बताए। जथाभावी सडक काट्ने पैदयात्रीलाई समेत ५०० रियाल जरिवाना हुने ट्राफिक नियम रहेको उनले थपे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com