झापाको अचार अमेरिका सम्म !


प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

झापा अर्जुनधारा नगरपालिकाका–९ का दिनानाथ शिवाकोटीले अचार बेचेरै मासिक ५० हजार रुपैयाँ कमाउँछन्। स्थानीय कृषि उपज प्रयोग गरेर बनाएको अचारबाट राम्रै आम्दानी हुन थालेपछि उनले उद्योग नै स्थापना गरेका छन्। उद्योगबाट ठूलो परिमाणमा अचार उत्पादन भइरहेको छ। उनले स्थानीय बजारको माग धानेर अमेरिकासम्म अचार निर्यात गर्छन्। शिवाकोटीले आफूले उत्पादन गरेको अचार अमेरिका निर्यात हुन थालेको जानकारी दिए।

‘१० वर्षदेखि अचार बनाउँदै आएको छु। पछिल्लो समय १० लाख लगानीमा उद्योग सञ्चालन नै गरेको छु’, उनले भने, ‘महिनाको ५०/६० हजार रुपैयाँ कमाउन विदेश जान पर्दोरहेनछ भन्ने एउटा उदाहरण प्रस्तुत गर्न सकेकोमा गर्व गर्छु। स्थानीय बजारसँगै मुलुकका विभिन्न भाग र अमेरिकासम्म अचारको माग पनि उच्च छ।’ स्वदेशमै केही गर्नु पर्छ भन्ने सोच रहेका शिवाकोटीले एकल लगानीमा उद्योग चलाइरहेका छन्। शिवबाबा नामको उद्योगले अचार उत्पादन गरेर बजारसम्म पुर्‍याउँछ।

शिवाकोटीले प्रदेश १ का झापा, मोरङ, सुनसरी र पश्चिमका काठमाडौं, पोखरा तथा ठूलो परिणाममा अमेरिकासम्म अचार पुर्‍याउने गरिएको बताए। उनले २०४२ सालदेखि २० वर्षसम्म बिर्तामोडको कृषिथोक बजारमा फलफूल पसल चलाए। उनको उद्योगमा १६ प्रकारका अचार उत्पादन गरिन्छ। उनले भने, ‘अचार उत्पादन गरेर व्यावसायिक बन्नु मात्र मेरो उद्देश्य होइन। अन्तर्राष्ट्रिय रूपमै पहिचान बनाउनु पनि हो।’  आजको अन्नपूर्णपोष्ट बाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com