बाबुको चौरासी गर्न हेलिकोप्टरमा आए छोराहरु


प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार

गुल्मीको सदरमुकाम तम्घास चिदचौर माथिको आकाशमा हेलिकप्टर घुम्न के पाएको थियो, हेर्नका त्यसतर्फ दौडिने मानिसहरुको संख्य उत्तिखेरै बढ्यो। हिजो वामीटक्सारमा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई आएकोले उनै आए होलान् भन्ने अड्कल गर्न थालियो ।

कसैले कोही बिरामी परेर हेलिकप्टर मगाईएको होला भन्ने अनुमान पनि गरे । जब हेलिकप्टर चिदिचौरमा बस्यो । हेलिकोप्टरबाट यात्रु ओर्लिए पछि पो थाहा भयो तम्घास क्याम्पसरोडस्थित मानबहादुर श्रेष्ठका छोरा, बुहारी र नातिनीहरु आएका रहेछन्।

बाबु श्रेष्ठको आजैदेखि चौरासी पुजा सुरु हुने भएकोले अमेरिकाबाट आएका जेठा छोरा ज्ञानेश्वर श्रेष्ठ, माईला हिरण्य श्रेष्ठ, काठमाडौंमा रहेका साईला छोरा नगेन्द्र र अमेरिकामा रहेका कान्छा छोरा वीरेन्द्र श्रेष्ठ ,जेठी बुहारी सैलाजा, उनका छोरीहरु अर्पणा र अर्चना श्रेष्ठ हेलिकप्टरमा आएका हुन् ।

मानबहादुर श्रेष्ठका सम्दी अर्थात शैलाजाका पिता बेहोरेका कृष्णबहादुर कुँवरले भने– ‘काठमाडांैबाट भैरहवा विमानस्थलका लागि आज विहान साढे ७ बजेको टिकट बुक गरि दिएको थिएँ तर मौसम खराबीका कारण रद्ध भयो । त्यसैले सिधै हेलिकप्टरमा तम्घास आउनुपरेको हो । अमेरिकामा रहेका श्रेष्ठका छोराहरुले हरेक बर्ष घर आउँदा समाजेसवाको क्षेत्रमा काम गर्ने गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com