अष्ट्रेलियामा नेपाली विद्यार्थी अलपत्र, कन्सल्ट्यान्सीले किन गर्छ खेलबाड ?


प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार

अष्ट्रेलियाको एउटा तालिमे कलेजमा नर्सिङ पढिरहेका झण्डै एक हजार नेपाली विद्यार्थी आफ्नो पढाईले मान्यता नपाउने भएपछि अन्योलमा परेका छन् । डेढ वर्षअघि २४ महिने कोर्स पढ्न अष्ट्रेलियन इन्स्टिच्यूट अफ बिजिनेस टेक्नोलोजी (एआईबीटी) को सिड्नी र बिसबेन कलेज आएका विद्यार्थीहरु अब पढाईले मान्यता नपाउने भएपछि अन्योलमा परेका हुन् ।

कलेज खोल्ने, चलाउने र पढाउने अनुमति भए पनि पढाइलाई नर्सिङ काउन्सिलले मान्यता दिएको थिएन । त्यस्तै, नर्सिङ पढेकाहरुलाई अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा इन्टर्नसिपका लागि मान्यता दिने रेगुलेटर एजेन्सीले पनि मान्यता नदिने भएपछि विद्यार्थीको डेढ वर्षको पढाइ खेर जाने अवस्था आएको हो ।

अष्ट्रेलियामा स्कील क्वालिटी अथोरिटी (एएसक्युए)मा दर्ता भएपछि तालिम इन्स्टिच्यूट खोल्न र विभिन्न विषय पढाउन पाइन्छ । त्यसबाहेक सम्बन्धित विषयमा तालिम लिएको जनशक्तिको स्तर प्रमाणित गरेर उनीहरुलाई काममा लगाउन स्वीकृति दिने अरु संस्था पनि हुन्छन् । अष्ट्रेलियामा विश्वविद्यालय अन्तर्गतका कलेजहरुमा प्राज्ञिक तहको पढाइ हुने र त्यसका लागि महंगो शुल्क लाग्ने हुनाले नेपाली विद्यार्थी यस्तै तालिमे कलेजहरुतर्फ आकर्षित भैरहेका छन् ।

नर्सिङ्को पढाइले मान्यता पाउन अष्ट्रेलियन नर्सिङ् तथा मिड वाइफरी एक्रेडिटेसन काउन्सिल (एन्म्याक)को स्वीकृति आवश्यक पर्छ । त्यस्तै नर्सिङ् पढेकाहरुले स्वास्थ्य संस्थामा प्रयोगात्मक प्रशिक्षण लिन र पढाइपछि रोजगार सुनिश्चित गर्न अष्ट्रेलियन हेल्थ प्राक्टिस्नर रेगुलेटर एजेन्सी (एएचपीआरए) ले मान्यता दिनुपर्छ । अहिले एआईबीटीको नर्सिङ् पढाईलाई दुबै संस्थाले मान्यता दिएनन् र विद्यार्थी अन्योलमा परे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो पढाइले मान्यता नपाउने भएपछि नेपाली विद्यार्थीहरुले नेपाली दूतावास र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संगठनमा निवेदन दिएका छन् । विद्यार्थीको गुनासोपछि क्यानबेरामा रहेको नेपाली दूतावासले विद्यार्थीका समस्या बुझेर समाधान गरिदिन अष्ट्रेलिया सरकारलाई चिठि लेखेको छ ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संगठनले पनि विशेष पहल गर्ने जनाएका छन् । समस्या समाधान गरेर आफ्नो पढाइको मान्यता दिन विद्यार्थीहरु आफैँले पनि पहल गरिरहेका छन् । अष्ट्रेलियामा रहेका नेपाली शैक्षिक परामर्शदाताहरुको संस्था एक्काले यस विषयमा एआईबीटी कलेजसँग गएको शुक्रबार परामर्श गरेको जनाएको छ ।

के यो विषय पहिल्यै थाहा थिएन ?

१५ भन्दा बढी नेपाली एजुकेसन कन्सल्ट्यान्सीले एआईबीटीमा नेपाली विद्यार्थी भर्ना गराएका छन् । सिड्नी र ब्रिसबेनको कलेजमा गरेर झण्डै हजार नेपाली विद्यार्थी छन् । कलेजले विद्यार्थीलाई दिएको अफर लेटरमा पढाउन मात्रै स्वीकृति लिएको कुरा उल्लेख गरेको बताएको छ ।

यसको अर्थ नर्सिङ्को पढाइले थप मान्यताहरु पाउन बाँकी नै थियो भन्ने बुझिन्छ । त्यसैले एआईबीटीमा नर्सिङ् पढिरहेकाहरुले आफ्नो पढाइको मान्यता नपाउने तथा अष्ट्रेलियाको नर्सिङ् क्षेत्रमा कामगर्न नपाउने खतरा पहिल्यै थियो । यस्तो खतरा हुँदाहुँदै किन नेपाली विद्यार्थी पढ्न गए र उनीहरुलाई पढ्नका लागि अष्ट्रेलिया सरकारले किन भिसा दियो भन्ने प्रश्न पनि छ ।

नेपालका शहरहरुमा खुलेका एजुकेसन कन्सल्ट्यान्सीहरुले पढाईले मान्यता नपाउने जोखिमको बारेमा बिद्यार्थीलाई जानकारी दिनु आवश्यक थियो । अष्ट्रेलिया जाने विद्यार्थीले पनि पढिरहेको कलेजको सम्बन्धन, स्वीकृति, कलेजको स्तर र पूर्वाधारका विषयमा जानकारी लिनु अनिवार्य थियो । डेढ वर्ष पढिसकेपछि पढाईले मान्यता नपाउने यस्तो घटनाले शैक्षिक परामर्शदाता–एजुकेसन कन्सल्ट्यान्सीले दिने परामर्शको विश्वसनीयतामा प्रश्न उठेको छ ।

विद्यार्थीले आफ्नो भिसा, कलेज छनोटलगायतका प्रकृयाका लागि एजुकेसन कन्सल्ट्यान्सीलाई लिखित जिम्मेवारी दिएको हुन्छ । आफ्नो ग्राहक नेपाली विद्यार्थीलाई इमान्दारीपूर्वक पर्याप्त जानकारी दिनु एजेन्सीको दायित्व हो । अहिलेको घटनामा एजेन्सीहरु चुकेको देखिन्छ ।

अष्ट्रेलियाका तालिमे कलेजहरुमा विद्यार्थी भर्ना गराएवापत विद्यार्थीले तिरेको ३० देखि ४० प्रतिशतसम्म रकम एजेन्सीलाई लगातार कमिसन आइरहन्छ । त्यसैले विाद्यार्थीको भविष्य भन्दा पनि आफ्नो आर्थिक हित हेर्ने गरेको एजुकेसन कन्सल्ट्यान्सीहरुलाई आरोप लाग्ने गरेको छ । एप्लिकेसन प्रकृयाका लागि पनि एजेन्सीले आफैंले तोकेको शुल्क लिन्छन् ।

अष्ट्रेलियामा आवश्यक प्राविधिक जनशक्ति आपूर्तिका लागि आवधिक तालिम केन्द्र सञ्चालित छन् । त्यस्ता शैक्षिक संस्थामा बेलाबेलामा सरकारी अनुगमन भैरहन्छ । अनुगमनमा हरेक विषयका लागि तोकिएको अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला, शिक्षक र अन्य पूर्वाधार नभेटिएमा तालिमे शैक्षिक संस्थाहरु खारेजीमा पर्छन् । यसअघि नेपालीसहित अन्य आप्रवासीले चलाएका कलेजहरु मापदण्ड नपुगेका कारण खारेजीमा परेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com