च्यातिएको पाइन्टको फेशन पछि अब आयो मैलो जुत्ता, मूल्य एक हजार डलर
प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार

केही समय अगाडी देखि फेशन बजारमा च्यातिएको, टालेको लुगा चलिरहेको छ । विशेषगरि जिन्स पाइन्टमा यो फेशन चलेको छ ।
लुगाको यो फेशन पछि जुत्तामा पनि एउटा नयाँ फेशन ट्रेन्डको संकेत देखिएको छ । प्रसिद्ध कम्पनी गुचीले मैलो जुत्ता निकालेको हो । स्पोर्ट्स जुत्तामा मैलो रंग र केही कालो धब्बा देख्न सकिन्छ । गुचीले यो जुत्ताको मूल्य हाललाई १ हजार १ सय ७५ अष्ट्रेलियन डलर (अमेरिकी ८७० डलर) राखेको छ ।
गुचीका अनुसार, यो जुत्ताको डिजाइन सत्तरी दशकको स्पोर्ट्स स्टाइलबाट प्रभावित छ ।
किन्नको लागि यहाँ क्लिक गर्नुहोला