डस्टबिनमा भेटिएका थिए यी बालक


प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार

करिब ६ महिनाअघि पशुपति क्षेत्रमा राखिएको फोहोरको डंगुरमा एउटा बच्चा भेटिए। छिनमै खबर फैलियो। त्यसको सुइँको ‘नेपाल स्नेही काख’ नामक संस्थाले पनि पायो । र, बच्चाको अवस्था बुझ्न संस्थाको टोली पशुपति पुग्यो । डस्टबिनमा भेटिएको बालक करिब २० दिनका जस्ता देखिन्थे । ‘शरीर पूरै कालो बनेको थियो। रगत जमेजस्तो। आँखाबाहिरै निस्किएका थिए’, स्नेही काखकी संस्थापक अध्यक्ष नेहा पोखरेलले भनिन् ।

मानसिक सन्तुलन बिग्रिएर सडकमा पुगेका व्यक्ति तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाले डस्टबिनमा भेटिएका बालकको संरक्षण गर्न लियो । त्यति मात्र होइन, उनको नामकरण पनि गरिदियो— भविष्य ।, अन्नपूर्ण पोस्टमा समाचार छ ।

अहिलेसम्म ती बालककी आमा भेटिएकी छैनन्। तर, फोहोरको थुप्रोमा भेटिएकै दिनदेखि भविष्यकी आमाको जिम्मेवारी सम्हालेकी छन्, पोखरेलले । बालकको रेखदेख एवं पालनपोषण गरिरहेकी उनी कहिलेकाहीँ राति सुत्न पनि पाउँदिनन् । ‘यसले चिसोभरि सुत्नै दिएन, काखे बानी परेको छ’, उनले भनिन्, ‘बिहान ५ बजे मात्रै एकछिन सुत्छु ।’

सुरुमा कालो वर्णका भविष्य सुन्दर भएका छन्। उनलाई श्रीपञ्चमीको अवसरमा पोखरेलले अन्नप्रासन गराइन् । ‘थाहै नपाई पाँच जना बच्चा हुर्काइछु, आफैंलाई पत्यार लाग्दैन’, उनले भनिन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com