जिम्बाबेकाे सुनखानीमा दुर्घटना हुँदा दर्जनाैँ कामदार बेपत्ता, ८ जनाकाे जिवितै उद्धार


प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार

जिम्बाबेको सुनखानीमा भएको दुर्घटनामा परी दर्जनौँ कामदार बेपत्ता भएका छन् ।  दुई वटा सुनखानीमा बाढी पसेपछि दुर्घटना भएको थियो । खानीबाट ८ जनाकाे जिवितै उद्धार गरिएको छ । तर कति कामदार हराएका हुन भन्ने बारेमा अझै यकिन छैन । दुर्घटना हुँदाका बखत खानीमा ६० देखि ७० जना कामदारहरू रहेकाले अनुमान गरिएको छ ।

स्थानीय सरकारका सार्वजनिक सेवासम्बन्धी मन्त्री जुली मोयोले अवैध रूपमा संचालनमा रहेका सुनखानीका कामदारहरू पुरिएको जानकारी दिइन् । दुर्घटना जिम्बाबेको पश्चिमी प्रान्त मशोनाल्याण्डमा सो घटना भएको हो ।

बेपत्ता रहेकाहरुलाई जीवितै उद्धार गर्न सकिने सम्भावना न्यून रहेको उनले बताइन् । अत्यधिक वर्षा भएकाले उद्धार कार्यमा कठिनाई उत्पन्न गराएको छ । दुवै पानीको खाल्डोबाट पानी बाहिर निकालिएको स्थानीय अधिकारीहरूले बताएका छन ।  जिम्बाबेका राष्ट्रपति इम्मर्सन मनाङग्वाले प्रकोपको घोषणा गर्दै घटनामा पीडितहरूप्रति सहानुभूति व्यक्त गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com